२१ भदौ २०८३, आइतबार | September 6, 2026

गाजामा अल जजिराका चार पत्रकार इसराइली हवाई हमलामा मारिए



गाजा । इसराइलले गाजामा गरेको हवाई आक्रमणमा कतारी सञ्चारमाध्यम अल जजिराका चार पत्रकारको मृत्यु भएको छ।

अल जजिराका लागि गाजा युद्ध र मानवीय संकटबारे लगातार रिपोर्टिङ गर्दै आएका २८ वर्षीय पत्रकार अनस अल शरीफ आइतबार पूर्वी गजाको शाइफा अस्पताल नजिकैको टेन्टमा भएको आक्रमणमा मारिएका हुन्। उनीसँगै मोहम्मद कुरिकेह, इब्राहिम जाहर, मोहम्मद नौफल र एक अन्य सहयोगीको पनि ज्यान गएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

शाइफा अस्पतालका एक अधिकारीका अनुसार उक्त आक्रमणमा थप दुई सर्वसाधारणको पनि मृत्यु भएको छ।

रोयटर्सका अनुसार इसराइली सेनाले अल शरीफको हत्या भएको पुष्टि गर्दै उनलाई हमासको नेता भएको आरोप लगाएको छ। इसराइली पक्षले उनले इसराइली नागरिक र सैनिकमाथि रकेट प्रहार गर्ने जिम्मेवारी लिएको तथा हमासको एक सेलको नेतृत्व गरेको दाबी गरेको छ। साथै, गजाबाट प्राप्त ‘गोप्य जानकारी र कागजात’मार्फत यो प्रमाणित भएको इसराइलको दाबी छ।

तर अल जजिरा र अन्तर्राष्ट्रिय पत्रकार संगठनहरूले यस आरोपलाई अस्वीकार गरेका छन्। उनीहरूको भनाइमा, अल शरीफ केवल युद्धको रिपोर्टिङ गरिरहेका पेशेवर पत्रकार थिए र उनीहरूको हत्या प्रेस स्वतन्त्रतामाथि गम्भीर आक्रमण हो। प्रेस स्वतन्त्रताको निगरानी गर्ने समितिका मध्यपूर्व तथा उत्तर अफ्रिका निर्देशक सारा कुदाहका अनुसार “विश्वसनीय प्रमाणबिनै पत्रकारलाई लडाकूको रूपमा चित्रण गर्ने इसराइलको प्रवृत्तिले प्रेस स्वतन्त्रताप्रति उसको दृष्टिकोणमाथि गम्भीर प्रश्न उठाउँछ।”

अल शरीफको एक्स (पूर्व ट्विटर) खातामा पाँच लाखभन्दा बढी फलोअर्स छन्। आफ्नो मृत्यु हुनु केही मिनेटअघि उनले गाजा सिटीमा दुई घण्टाभन्दा बढी समयदेखि भीषण बमबारी भइरहेको उल्लेख गर्दै पोस्ट गरेका थिए।

अल जजिराका अनुसार उनले मृत्यु भएमा सार्वजनिक गर्न भन्दै सामाजिक सञ्जालमा सन्देश छोडेका थिए—
“सत्य उजागर गर्न म कहिल्यै हिचकिचाइनँ। सत्यलाई जस्ताको तस्तै प्रस्तुत गरेँ। मौन बस्नेहरूलाई ईश्वरले देख्नेछन्।”

गाजा सरकारले २०२३ अक्टोबर ७ देखि हालसम्म २३७ पत्रकारको मृत्यु भएको दाबी गरेको छ भने पत्रकार संरक्षण समितिले यो संख्या कम्तीमा १८६ रहेको जनाएको छ।

 

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ९ : ५१ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका