७ चैत्र २०८२, शनिबार | March 21, 2026

शवबाट हड्डी निकालेको आरोपितलाई सात दिन म्याद थप



काठमाडौँ । शुपतिनाथस्थित आर्यघाटमा जलिरहेको शवबाट हड्डी निकाल्ने प्रयासमा संलग्न अभियोगमा पक्राउ परेका दुई जनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले सात दिन म्याद थपको अनुमति दिएको छ ।

यही साउन २३ गते पशुपति आर्यघाट–२ नम्बर चितामा शव जलाउने क्रममा जल्दै गरेको शवबाट हड्डी निकाली अन्यत्र लैजाने उद्देश्यले बट्टामा राखेको भन्ने विषयमा वाद–विवाद भई अभद्र व्यवहार गरेकाले नियन्त्रणमा लिइएका दुई जनालाई आज जिल्ला प्रशासन कार्यालयले सात दिन म्याद थपको अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता कुलदीप चन्दले जानकारी दिए ।

हड्डी निकाल्ने प्रयासमा संलग्न अभियोगमा काभ्रे मन्डनदेउपुर–५ घर भई पशुपतिस्थित गौरीघाट बस्ने ६१ वर्षीय गणेशप्रसाद ढकाल भन्ने जीवनाथ ढकाल र उदयपुर कटारी–८ घर भई काठमाडौँ गोठाटार बस्ने २४ वर्षीय विनायक मैनालीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिइएका दुवै जनालाई अभद्र व्यवहार गर्न नहुने कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ९ : ३६ बजे

सिद्धबाबा क्षेत्रमा पहिरो, सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा लेदोसहित ढुङ्गा

निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

काठमाडौं । चीन सरकारले नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकामा

भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व । रुकुम पूर्वमा भारी हिमपातको कारण मध्यपहाडी लोकमार्ग

पाथीभरामा पाँचौँ पटक हिमपात

ताप्लेजुङ । ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ ।

बुटवल-नारायणगढ सडक अवरुद्ध

नवलपरासी । वर्षाका कारण सडक चिप्लो भएपछि सवारी पार हुन