बुटवल । विदेशमा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि कंगारु एजुकेशन फाउण्डेशनले साउन २९ गते (विहिबार) बुटवलमा ‘अल नेपाल रोड शो’ एजुकेसन फेयर आयोजना गर्ने भएको छ ।
फेयर कार्यालय परिसरमै हुने र अष्ट्रेलिया, न्युजिल्यान्ड, क्यानडा, युके र युएसका शैक्षिक संस्थाका प्रतिनिधिहरू सहभागी हुनेछन् । विद्यार्थीहरूले कलेजबारे प्रत्यक्ष जानकारी, करियर मार्गदर्शन, भिसा प्रक्रिया तथा छात्रवृत्ति अवसरबारे परामर्श पाउनेछन् ।
कंगारु एजुकेशनका कार्यकारी निर्देशक दिपेश अर्यालका अनुसार नेपालमा रोड शो एजुकेशनको सुरुवात नै कंगारुले गरेको हो । रोड शो बिर्तामोड, विराटनगर, पोखरा हुँदै बुटवलमा सम्पन्न भई अन्तिम चरण काठमाडौंमा हुनेछ ।
नेपालमा बिगत १९ वर्षबाट विद्यार्थीहरुलाई वैदेशिक अध्ययन, टेष्ट प्रिपेरेसन, सपोर्ट सर्भिस लगायतको सेवा दिदै आएको संस्थाको एशोसियट डाईरेक्टर सुनिता सुवेदीले बताईन । मानविकी, व्यवस्थापन, स्वस्थ्य र साईन्ट आईटिको विषयमा बढि विद्यार्थीहरु अध्ययनका लागि विदेश जाने गरेको उनले बताईन ।
शाखामा हाल ९ जनाले रोजगार पाएका छन ।


















प्रतिक्रिया