१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

रात्रीकालिन सेवालाई थप प्रभावकारी बनाउँदै लुम्बिनी प्रादेशिक अस्पताल, छुट्टै ड्यूटी अफिसरबाट निगरानी



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले रात्रीकालिन स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन अब रातको समयमा ड्यूटी अफिसरको व्यवस्था गर्ने भएको छ । जटिल प्रकारका उपचार सेवा तथा विशेषज्ञहरुसँग समन्वयका लागि डिट्यू अफिसर राख्ने व्यवस्था गरिएको हो ।

साँझको ८ बजेदेखि विहान ८ बजेसम्म प्रत्येक दिन फरक-फरक कर्मचारीहरुलाई ड्यूटी अफिसरको रुपमा खटाएर रात्रीकालिन सेवालाई प्रभावकारी बनाउन लागिएको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले जानकारी दिए । आगामी आइतबार अर्थात भाद्र ८ गतेदेखि यो सेवा शुभारम्भ गर्नेगरी कार्यविधि तयार पारिएको हो ।

उक्त कार्यविधि अनुसार अस्पतालको आकस्मिक कक्ष तथा मेडिकल वार्डमा भर्ना भएका विरामीहरुको उपचार व्यवस्थापन, रेखदेख सम्बन्धी सहजीकरण, समन्वय तथा अनुगमनको काम ड्यूटी अफिसरले गर्नेछन् । प्रत्येक रातको उपचार सेवा र गतिविधि बारे सम्बन्धित ड्यूटी अफिसरले अस्पताल प्रशासनलाई जानकारी गराउनु पर्नेछ भने सोही अनुसार सुधारका लागि आवश्यक कदम चालिने मेसु ढकालले जानकारी दिए ।

लुम्बिनी प्रादेशिक अस्पतालले २४ सै घण्टा स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएपनि रातको समयमा आवश्यक पर्ने जटिल खालका उपचार सेवा तथा आवश्यक परामर्शका लागि गरिएको यो व्यवस्था सम्भवतः सरकारी अस्पतालमै पहिलो अभ्यास भएको मेसु ढकाललको दाबी छ । दैनिक करिब २ हजार सेवाग्राही उपचारका लागि आउने यस अस्पतालमा आकस्मिक कक्षमा रातको समयमा समेत भीड लाग्ने गर्दछ । अस्पतालको पछिल्लो वर्षको तथ्याङ्क अनुसार ३ लाख ४८ हजार ९७१ जनाले ओपीडी सेवा लिएका छन् भने आकस्मिक कक्षमा मात्रै ७२ हजार २४४ जनाले सेवा लिएका छन् । सेवाग्राहीको चाप र आवश्यकतालाई मध्ययनजर गर्दै सुधारका अभियानहरु जारी रहेको मेसु ढकाल बताउछन् ।

अस्पतालले सुरु गर्न लागेको नयाँ कार्यक्रम अन्तरगत सेवाग्राहीले आफूलाई कुनै समस्या परेको अवस्थामा सिधै ड्यूटी अफिसरलाई फोन गरेर सेवा लिन सक्नेछन् । जसका लागि अस्पतालको नम्बर ९८६७००४४२२ नम्बरमा सेवाग्राहीले रातको समयमा उपचारमा कुनै समस्या भएमा ड्यूटी अफिसरलाई जानकारी गराउन सक्नेछन् । यो व्यवस्थाको सुरुवातले बीरामी र तिनका आफन्तहरुलाई सेवा लिन थप सहज हुने अपेक्षा गरिएको अस्पतालका वरिष्ठ प्रमुख प्रशासकीय राजन केसी बताउँछन् । सेवा विशिष्टिकृतमा समेत उत्कृष्ट सफलता हासिल गर्दै गएको यस अस्पतालले सेवाग्राहीको सहजताका लागि नयाँ-नयाँ कार्यक्रम र प्रयोगहरु गर्दै गएको उनले बताए ।

स्वास्थ्य सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउनका लागि नविनतम प्रविधिहरुको प्रयोग तथा सीमित अवस्थामा रहेका जनशक्तिबाट पनि अत्याधिक सेवा उपलब्ध गराउनेगरी अघि बढिएको अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले बताए । अस्पताल बिकास समितिले आफूसँग प्राप्त स्रोत-साधनको उच्चतम प्रयोग गरी सेवाप्रवाहलाई प्रभावकारी बनाउने कुरामा प्रयासरत रहेको उनको भनाई छ ।

प्रकाशित मिति : १ भदौ २०८२, आइतबार  ६ : २४ बजे

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौँ । ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रीत

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा

सर्लाहीमा मतदान अधिकृतको मृत्यु

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका

रूपन्देहीमा निर्वाचनको तयारी पूरा

बुटवल । जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको