२० मंसिर २०८२, शनिबार | December 6, 2025

रुरु मिलन केन्द्र नेपालको आठौँ स्थापना दिवस तथा तीज मिलन कार्यक्रम सम्पन्न



बुटवल । रुरु मिलन केन्द्र नेपालले आफ्नो आठौँ स्थापना दिवस तथा तीज मिलन कार्यक्रम बुटवलमा भव्यताका साथ सम्पन्न गरेको छ। कार्यक्रम संस्थाकी अध्यक्ष राधा ज्ञवालीको अध्यक्षता तथा अग्रज कमला थैवको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

सो अवसरमा सल्लाहकार ऋषि भण्डारी, सरला भण्डारी, निवर्तमान अध्यक्ष रमा पाण्डे, सदस्य जुना पन्थी लगायतले मन्तव्य व्यक्त गर्दै आपसी भाइचारा र एकता नै आजको आवश्यकता रहेको उल्लेख गर्दै तीजको शुभकामना आदान-प्रदान गरे ।

केन्द्रकी संस्थापक तथा हालकी अध्यक्ष राधा ज्ञवालीले संस्थालाई फराकिलो र दीगो बनाउनुपर्ने आवश्यकता औंल्याउँदै, “एकआपसमा मिलेमतो गरेर पवित्र कार्य गर्नका लागि यो संस्था स्थापना गरिएको हो,” भनिन् । उनले संस्थालाई सबैको दुःख-सुखमा साथ दिने उद्देश्यले क्रियाशील बनाइएको उल्लेख गर्दै रुरु मिलन केन्द्रलाई अझ सबल र प्रभावकारी बनाउन एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रमको सञ्चालन सहसचिव सन्जु शर्माले गरेकी थिइन् । दिनभर सहभागी दिदीबहिनीहरूले मौलिक गीतमा नाचगान गर्दै रमाइलो माहोल सिर्जना गरेका थिए ।

प्रकाशित मिति : २ भदौ २०८२, सोमबार  ४ : ५७ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले