१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

रुरु मिलन केन्द्र नेपालको आठौँ स्थापना दिवस तथा तीज मिलन कार्यक्रम सम्पन्न



बुटवल । रुरु मिलन केन्द्र नेपालले आफ्नो आठौँ स्थापना दिवस तथा तीज मिलन कार्यक्रम बुटवलमा भव्यताका साथ सम्पन्न गरेको छ। कार्यक्रम संस्थाकी अध्यक्ष राधा ज्ञवालीको अध्यक्षता तथा अग्रज कमला थैवको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

सो अवसरमा सल्लाहकार ऋषि भण्डारी, सरला भण्डारी, निवर्तमान अध्यक्ष रमा पाण्डे, सदस्य जुना पन्थी लगायतले मन्तव्य व्यक्त गर्दै आपसी भाइचारा र एकता नै आजको आवश्यकता रहेको उल्लेख गर्दै तीजको शुभकामना आदान-प्रदान गरे ।

केन्द्रकी संस्थापक तथा हालकी अध्यक्ष राधा ज्ञवालीले संस्थालाई फराकिलो र दीगो बनाउनुपर्ने आवश्यकता औंल्याउँदै, “एकआपसमा मिलेमतो गरेर पवित्र कार्य गर्नका लागि यो संस्था स्थापना गरिएको हो,” भनिन् । उनले संस्थालाई सबैको दुःख-सुखमा साथ दिने उद्देश्यले क्रियाशील बनाइएको उल्लेख गर्दै रुरु मिलन केन्द्रलाई अझ सबल र प्रभावकारी बनाउन एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रमको सञ्चालन सहसचिव सन्जु शर्माले गरेकी थिइन् । दिनभर सहभागी दिदीबहिनीहरूले मौलिक गीतमा नाचगान गर्दै रमाइलो माहोल सिर्जना गरेका थिए ।

प्रकाशित मिति : २ भदौ २०८२, सोमबार  ४ : ५७ बजे

विद्युत् प्राधिकरणको ‘डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी ‘नेपाल डिजिटल पूर्वाधार

सिन्धुली घटनाबारे छानबिन माग गर्दे सभामुखसमक्ष ज्ञापनपत्र

काठमाडौं । संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले सिन्धुलीको खुर्कोटस्थित प्रहरी

राष्ट्रपतिबाट सहकारीसम्बन्धी अध्यादेश जारी

काठमाडौं । मन्त्रिपरिषदले सिफारिस गरेको ६ वटा अध्यादेश मध्य राष्ट्रपति

रोल्पामा बोलेरो दुर्घटना, १६ जना घाइते

रोल्पा । रोल्पामा जिप दुर्घटना हुँदा १६ जना घाइते भएका

एमआरपी स्टिकर नटाँसिएका सामग्रीको भन्सार जाँचपास बन्द

रसुवा । चीनबाट आयात गरिएका व्यवसायिक सामग्रीको भन्सार जाँचपास प्रक्रिया