२२ भदौ २०८३, सोमबार | September 7, 2026

नक्कली शैक्षिक प्रमाणपत्रसहित रुपन्देहीबाट एक भारतीय युवक पक्राउ



बुटवल । रुपन्देही प्रहरीले ठूलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्र, स्टाम, होलोग्राम तथा स्टिकरसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश, कानपुर नववस्ती बस्ने २५ वर्षीय अभिषेक यादव रहेका छन् ।

प्रहरीका अनुसार २०८२ साउन १ गते साँझ ६:३० बजे सिद्धार्थनगर नगरपालिका-१ बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथमा प्रवेश गर्न लागेका बेला उनलाई पक्राउ गरिएको हो । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको संयुक्त प्रहरी टोलीले खानतलासी गर्दा उनको साथबाट ठूलो मात्रामा नक्कली कागजात र सामग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकृत प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

बरामद सामानमा त्रिभुवन विश्वविद्यालय, अमिटी युनिभर्सिटी (उत्तर प्रदेश), जवाहरलाल नेहरू टेक्नोलोजिकल युनिभर्सिटी हैदराबाद, छत्रपति साहुजी महाराज युनिभर्सिटी कानपुर, असम उच्च माध्यमिक शिक्षा परिषद, कुरुक्षेत्र विश्वविद्यालय, आन्द्र युनिभर्सिटीलगायतका संस्थाका प्रमाणपत्र, मार्कसिट, प्रोभिजनल प्रमाणपत्र, क्यारेक्टर प्रमाणपत्र, माईग्रेसन सर्टिफिकेटसहित हजारौं कागजातहरू रहेका छन् ।

त्यस्तै, त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय परीक्षा बोर्ड, उच्च माध्यमिक शिक्षा परिषद (HSEB) र CTEVT लेखिएका हजारौं संख्यामा होलोग्राम, विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाका स्टाम्प, स्टिकर र खाली लोगोहरू समेत बरामद गरिएको कार्कीले जानकारी दिए ।

बरामद अन्य सामानमा एचपी कम्पनीको ल्यापटप, आइफोन, रियलमी मोबाइल, पेन्ड्राइभ, चार्जर, एटीएम कार्ड, १८ हजार ७३० भारतीय रुपैयाँ र ३ हजार २० नेपाली रुपैयाँ नगद समेत रहेका छन् ।

यो घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रकाशित मिति : २ भदौ २०८२, सोमबार  ५ : १२ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा