१४ भदौ २०८३, आइतबार | August 31, 2026

रूपन्देही-३ उपनिर्वाचनका लागि २६ दल दर्ता



काठमाडौं । रूपन्देही निर्वाचन क्षेत्र नम्बर-३ मा कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगले सोमबार दल दर्ताको निर्णय गरेको हो ।

निर्वाचन आयोगका अनुसार साउन २१ देखि २७ गतेसम्म तोकिएको समयावधिभित्र २७ दलले निवेदन दिएका थिए । तीमध्ये कानुनी प्रक्रिया पूरा भएका २६ दललाई दर्ता गर्ने निर्णय गरिएको हो ।

यसअघि आयोगले उपनिर्वाचनका लागि कार्यतालिका स्वीकृत गरिसकेको छ । सोअनुसार असोज २१ गते बिहान १० देखि साँझ ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता हुनेछ । सोही दिन साँझ उम्मेदवारको प्रारम्भिक सूची प्रकाशित गरिनेछ भने असोज २४ गते अन्तिम नामावली सार्वजनिक हुनेछ ।

मतदान कात्तिक १७ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म तोकिएका मतदान केन्द्रमा हुने आयोगले जनाएको छ ।

प्रकाशित मिति : २ भदौ २०८२, सोमबार  ६ : ३७ बजे

सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

अन्तहीन पर्खाइ : शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार

चितवन । “त्यो बिहान ८ः४४ मिनेट जाँदा फोनमा कुरा हुँदै

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौँ । भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति