२० मंसिर २०८२, शनिबार | December 6, 2025

रूपन्देही-३ उपनिर्वाचनका लागि २६ दल दर्ता



काठमाडौं । रूपन्देही निर्वाचन क्षेत्र नम्बर-३ मा कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगले सोमबार दल दर्ताको निर्णय गरेको हो ।

निर्वाचन आयोगका अनुसार साउन २१ देखि २७ गतेसम्म तोकिएको समयावधिभित्र २७ दलले निवेदन दिएका थिए । तीमध्ये कानुनी प्रक्रिया पूरा भएका २६ दललाई दर्ता गर्ने निर्णय गरिएको हो ।

यसअघि आयोगले उपनिर्वाचनका लागि कार्यतालिका स्वीकृत गरिसकेको छ । सोअनुसार असोज २१ गते बिहान १० देखि साँझ ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता हुनेछ । सोही दिन साँझ उम्मेदवारको प्रारम्भिक सूची प्रकाशित गरिनेछ भने असोज २४ गते अन्तिम नामावली सार्वजनिक हुनेछ ।

मतदान कात्तिक १७ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म तोकिएका मतदान केन्द्रमा हुने आयोगले जनाएको छ ।

प्रकाशित मिति : २ भदौ २०८२, सोमबार  ६ : ३७ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय