२८ असार २०८३, आइतबार | July 12, 2026

युद्धविराम र बन्धक रिहाइको नयाँ प्रस्तावमा हमास सहमत



काठमाडौं । गाजामा युद्धविराम र इजरायली बन्धकहरूको रिहाइसम्बन्धी नयाँ प्रस्तावमा हमास सहमत भएको छ । प्यालेस्टिनी सशस्त्र समूह हमासले मध्यस्थकर्ताहरूले अघि सारेको प्रस्ताव स्वीकार गरेको बीबीसीलाई दिएको प्रतिक्रियामा पुष्टि गरेको हो ।

इजिप्ट र कतारको पहलमा तयार भएको यो प्रस्ताव अमेरिकी राजदूत स्टिभ विटकफले जुन महिनामा प्रस्तुत गरेको रूपरेखामा आधारित रहेको बताइएको छ । प्रस्तावअनुसार सुरुवाती चरणमा ६० दिनका लागि युद्धविराम हुनेछ । त्यसपछि हमासले बाँकी रहेका ५० इजरायली बन्धकलाई दुई चरणमा रिहा गर्ने बताइएको छ, जसमा करिब २० जना जीवित हुने अपेक्षा गरिएको छ ।

यसपछि स्थायी युद्धविरामको विषयमा थप वार्ता अघि बढाइनेछ । यद्यपि, इजरायलले औपचारिक प्रतिक्रिया दिएको छैन । गत हप्ता मात्र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सबै बन्धकहरूलाई एकैपटक रिहा गरे मात्र सम्झौता गर्ने संकेत दिएका थिए ।

प्रकाशित मिति : ३ भदौ २०८२, मंगलबार  ११ : ४५ बजे

मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सोल । दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण

विश्वकप-२०२६ : सेमिफाइनल समीकरण पूरा, फ्रान्स-स्पेन र अर्जेन्टिना-इंग्ल्यान्ड भिड्ने

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको

अतिरिक्त समयमा ३-१ को जित निकाल्दै अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड विश्वकपबाट बाहिरियो

काठमाडौं । अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३-१ ले पराजित गर्दै