१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

सङ्खुवासभामा डेङ्गी नियन्त्रण अभियान



खाँदबारी । डेङ्गीको जोखिमलाई ध्यानमा राख्दै आज यहाँ ‘पानी जम्न नदिऔँ, लामखुट्टेको फुल नष्ट गरौँ’ नारासहित डेङ्गीविरुद्ध चेतनामूलक अभियान सञ्चालन गरिएको छ ।

स्वास्थ्य कार्यालय र खाँदबारी नगरपालिकाको संयुक्त आयोजनामा सञ्चालित अभियानमा नेपाली सेना, नेपाल प्रहरी, विद्यार्थी, युवा क्लब तथा सङ्घसंस्थाहरू सहभागी भएका थिए । उनीहरूले टोलको सरसफाइ, झाडी फाँड्ने, पानी जम्ने भाँडा खाली गर्दै साथै समुदायलाई डेङ्गीका लक्षण र रोकथामबारे जानकारीसहितका पर्चा वितरण गरेका थिए ।

जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यले डेङ्गी हिमाली जिल्लासम्म पुग्नु चिन्ताजनक भएको बताए । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत रोशन श्रेष्ठका अनुसार साउन र भदौमा ७८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्यकर्मीका अनुसार एडिस एजिप्टी नामको लामखुट्टेले सफा पानीमा फुल पार्ने बिहान र बेलुका सक्रिय हुने भएकाले घर वरिपरि पानी जम्न नदिने, नियमित सरसफाइ गर्ने मुख्य रोकथामका उपाय भएकोे बताएका छन् । वर्षायाममा अझ बढी सतर्कता अपनाउन उनीहरूले अनुरोध गरेका छन् ।

प्रकाशित मिति : ५ भदौ २०८२, बिहिबार  १० : ३० बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा