१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

मौलिक तीज गित प्रतियोगिता गर्दै पत्रकार महिलाको तीज मिलन



नेपालगन्ज । बाँकेका पत्रकार महिलाले मौलिक तीज गित प्रतियोगिता आयोजना गर्दै तीज मिलन कार्यक्रमको आयोजना गरेका छन् । क्रियाशिल पत्रकार महिला बाँकेको आयोजनामा आज नेपालगन्जमा तीज मिलन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको उदघाटनसत्रमा उपस्थित अतिथिहरुले तीजको परम्परागत संस्कृतिलाई जगेर्ना गर्न मौलिक तीज गित प्रतियोगिताले महत्वपुर्ण भूमिका खेल्ने बताए । कार्यक्रमको आज एक समारोहकाबीच पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईँले गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश अध्यक्ष चौलागाइले पत्रकार महिलाहरुले तीज संस्कृतिको संरक्षण गर्न गरेको प्रयास उदाहरणीय रहेको बताए । उनले तीज पर्वमा पार्टी प्लालेसमा पुगेर दर खाने मात्र गर्नुभन्दा यसरी मौलिकता जोगाउने प्रयास गर्नु धेरै उत्तम हुने धारणा राखे ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरीले तीज संस्कृतिले एक आपसमा आत्मिएता र एकता जुटाउने भएकोले तीज गित प्रतियोगिताले सामुहिक सदभाव पनि झल्किने बताए ।

कार्यक्रममा क्रियाशिल पत्रकार महिला बाँकेका संस्थापक अध्यक्ष अक्षरी पोखेल,अकोराबका केन्द्रिय सदस्य आरिफ अन्सारी,नेपाली कांग्रेस बाँकेका पार्टी सभापति नारायण प्रसाद गौडेल ,संचारिक समुह लुम्बिनी प्रदेशका उपाध्यक्ष रुपा गहतराज ,नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष करुणा शाह,महिला उद्यमी संघ नेपाल बाँकेका अध्यक्ष रेवती सिङ,नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रिया स्मृति ढकाल , नेपाल पत्रकार महासंघका उपाध्यक्ष तथा क्रियाशिल पत्रकार महिला बाँकेका सल्लाहकार करुणा शाह लगायत तीज पर्वका उपलक्ष्यमा सम्पूर्ण महिलाहरुलाई शुभकामना ब्यक्त गरेका थिए ।

आजको पत्रकार महिला बीच गरिएको मौलिक तिज गित प्रतियोगितामा धना केसी प्रथम भएकी छन् । यसैगरी द्धितिय शान्ति सुनार ,तृतिय अनिता विश्वकर्मा र सान्त्वना विद्युतमा रैका भएका छन् । प्रथम ,द्धितिय ,तृतिय र सान्त्वना लाई क्रमश ३ हजार ,२ हजार ,१५ सय र १ हजार रुपैया प्रदान गरिएको क्रियाशिल पत्रकार महिला बाँकेका सचिव निशु जोशीले जानकारी दिइन् ।

सभापतिको आसनबाट सम्बोधन गर्दे क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरीले यस्ता मौलिकता जनाउने कार्यक्रम आगामी दिनमा पनि संचालन गरिने बताइन् ।

प्रकाशित मिति : ५ भदौ २०८२, बिहिबार  १० : ४० बजे

रौतहटमा पुनः कर्फ्यु कडाइका साथ लागू, झडपमा संलग्न २० जना पक्राउ

काठमाडौं । रौतहट जिल्ला प्रशासन कार्यालयले आइतबार बिहान ८:३० बजेदेखि

गुल्मीमा हवाई उडान कटौती, अब सातामा तीनपटक मात्र

गुल्मी । यहाँको रेसुङ्गा विमानस्थलमा अबदेखि सातामा तीनपटकमात्र हवाई उडान

मनहरीको बिजौनामा यात्रुवाहक बस दुर्घटना, २२ जना यात्रु घाइते

बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका-७ बिजौनास्थित सडकमा आज

सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौं । सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ

कोदारमा नगदेबालीतर्फ किसानको आकर्षण बढ्दो

भोजपुर । जिल्लामा व्यावसायिक कृषितर्फ किसानको आकर्षण बढ्दै गएको छ