३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

ओहोदाको प्रमाणपत्र प्रस्तुत



काठमाडौं । ब्राजिलका लागि नेपालका राजदूत निर्मलराज काफ्लेले आज पेरुका राष्ट्रपति दिना एर्सिलिया बोलुआर्टे जेगारासमक्ष नेपालका गैरआवासीय राजदूतका रूपमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

लिमामा आयोजित एक विशेष समारोहमा ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्दै राजदूत काफ्लेले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट राष्ट्रपति जेगारालाई उनको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै पेरुका जनताको निरन्तर शान्ति र समृद्धिको कामना गरेको ब्रासिलियास्थित नेपालको राजदूतावासले जनाएको छ ।

त्यस अवसरमा राष्ट्रपति जेगाराले राजदूत काफ्लेको कार्यकालको सफलताका निम्ति शुभकामना व्यक्त गर्दै उनलाई आफ्नो सरकारका तर्फबाट पूर्ण सहयोग हुने बताए। समारोहमा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो ।

त्यसअघि राजदूत काफ्लेले परराष्ट्र मन्त्रालयका विभिन्न अधिकारीहरूलाई बेग्लाबेग्लै भेटेर द्विपक्षीय सम्बन्ध र सहयोगका विभिन्न पक्षहरूमा विचार आदानप्रदान गर्नुभएको उक्त दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

दुवै पक्षबीच दक्षिण–दक्षिण सहयोग, व्यापारिक प्रतिनिधिमण्डलको आदानप्रदान, आर्थिक साझेदारी, सांस्कृतिक एवं जनस्तरको सम्बन्ध प्रवद्र्धन, साझा हितका मामिलामा बहुपक्षीय संलग्नता, जलवायु परिवर्तनका प्रतिकूल प्रभावबाट दुवै मुलुकका समृद्ध जैविक विविधताको संरक्षण, दिगो पर्वतीय विकासका विषयबारे पेरुका अधिकारीहरूसँग राजदूत काफ्लेले विचारविमर्श गरेका थिए ।

प्रकाशित मिति : ६ भदौ २०८२, शुक्रबार  १० : ३२ बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र