६ श्रावण २०८३, बुधबार | July 22, 2026

रौतहटमा सुटकेस भित्र महिलाको शव फेला



रौतहट । रौतहटको गौर नगरपालिका-९, गौर सिर्सिया सडक खण्ड अन्तर्गत मुडवालबा मोड नजिक सुटकेस भित्र एक महिलाको शव फेला परेको छ ।

शनिबार राति करिब ८ बजे सडकको पश्चिम किनारमा फालिएको अवस्थामा डोरीले बेरिएको सुटकेस स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय रौतहटको टोली घटनास्थल पुगेपछि सुटकेसमा शव रहेको पुष्टि भएको हो । त्यसपछि घटनास्थललाई रातभरि घेरा हालेर सुरक्षा दिइएको प्रहरीले जनाएको छ ।

आइतबार बिहान सुटकेस खोल्दा करिब ३५ वर्षकी विवाहित महिलाको शव फेला परेको हो । महिलाले गुलाबी रंगको कुर्ता सुरुवाल लगाएकी थिइन् । उनको टाउकोमा गहिरो चोट लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

सुटकेस भित्र केही कागजात र मृतकको सुरुवालको खल्तीबाट केही नगद समेत बरामद भएको छ । शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका नायव प्रहरी उपरीक्षक राजु कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : ८ भदौ २०८२, आइतबार  ९ : ०० बजे

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना

आर्थिक लक्ष्य पूरा गरेपछि सिटिजन लाइफ देवदह शाखाद्वारा वृक्षारोपण

देवदह । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी

प्रधानमन्त्री शाहले आज हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन