२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

रौतहटमा सुटकेशभित्र फेला परेको शव रुवीदेवी साहको रहेको पुष्टी



रौतहट। रौतहटको सदरमुकाम गौर–सिर्सिया सडकखण्ड अन्तर्गत मुडवलवा रोड नजिक सुटकेशभित्र फेला परेको शवको परिचय खुलेको छ। प्रहरीका अनुसार शव ३० वर्षीया रुवीदेवी साहको हो।

स्थायी ठेगाना माधवनारायण–६ मधोपुर, घर भारतको बिहार मुजफ्फरपुर भए पनि उनी हाल गौर–२, महादेवपाट्टीमा डेरा गरी बस्दै आएकी थिइन्। मृतक रुवीको चार वर्षको एक छोरा रहेको प्रहरीले जनाएको छ।

प्रहरीले दिएको जानकारीअनुसार रुवीका श्रीमान शिव कुमार साह ९३५० भारत, बिहार, मुजफ्फरपुर जिल्ला सकरा बेल निवासी तथा साधु शरण साहका छोरा हुन्। मृतक रुवी देवी साह, रौतहट माधवनारायण नपा–६ बस्ने राम विनोद साह मण्डलकी धर्मपत्नी अन्दाजी ५० वर्षीया सुनिच्छा देवीकी छोरी हुन्।

शनिबार राति करिब साढे १० बजेतिर सडक किनारमा डोरीले बाँधिएको अवस्थामा भेटिएको सुटकेश खोलेपछि अन्दाजी ३० वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ। प्राथमिक रूपमा शवसँगै भेटिएका साडी र चुराका आधारमा महिला भएको अनुमान गरिएको थियो।

शवलाई रस्सीले बेरिएको अवस्थामा सुटकेशमा राखिएकाले हत्या गरी फालिएको हुन सक्ने आशंका प्रहरीले गरेको छ। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी राजु कार्कीको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो। मुचुल्कापछि शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको डिएसपी कार्कीले जानकारी दिए ।

घटनाबारे सत्यतथ्य पत्ता लगाउन प्रहरीले नजिकैको विद्यालयमा जडान गरिएको सिसीटिभी फुटेज संकलन गरेको छ भने मृतकको मोबाइल कल डिटेल निकाल्ने तयारी भइरहेको जनाएको छ। हालसम्म घटनाबारे विस्तृत विवरण आउन बाँकी भए पनि प्रारम्भिक अनुसन्धानका आधारमा प्रहरीको अनुमान छ।

प्रकाशित मिति : ८ भदौ २०८२, आइतबार  ११ : १३ बजे

बसपार्कमा बस भित्रबाट यात्रु लुट्ने लुटेरा समूहका ४ जना पेस्तोल सहित पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्ज बसपार्कमा दिनदहाडै यात्रुबाहक बस भित्रबाट हतियार

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

संसदीय दलको नेता चयन र नेता थापाको अभिव्यक्तिले एमालेमा चर्कियो विवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र यतिखेर संसदीय दलको

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर

कांग्रेस सभापति थापालाई सम्मान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सम्मान गरिएको छ