७ माघ २०८२, बुधबार | January 22, 2026

बाँकेमा महिला पत्रकारहरुले मनाए तीज



नेपालगन्ज । ‘मनाऔँ तीज रमेर–जोगाऔँ संस्कृति जमेर’ भन्ने नाराका साथ पत्रकार महासंघ बाँकेको महिला विभागले तीज मिलन कार्यक्रम गरेको छ । नेपाल पत्रकार महासंघ बाँकेको महिला बिभागले हरितालिका तीजको अवसरमा तीज मिलन कार्यक्रम गरेको हो ।

विभागका संयोजक करुणा शाहको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले तीज पर्व नेपाली महिलाहरूको मौलिक पर्व भएको बताए । उनले तीज पर्व मनाउने मौलिकपन हराउँदै गइरहेको अवस्थामा पत्रकारहरूले सचेत पार्नुपर्ने आवश्यकता समेत औँल्याए । चौलागाईले मौलिक तीज गीत गाएर कार्यक्रमको उद्घाटन गरेका थिए ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले पछिल्लो समय तीज पर्व खर्चिलो र भड्किलो हुँदै गइरहेको भन्दै पत्रकारहरू गम्भीर बन्न आवश्यक रहेको बताए । उनले समय र परिस्थिति बदलिए पनि तीजको मौलिकतालाई कायमै राख्नुपर्नेमा पत्रकारहरूले भूमिका खेल्नुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ बाँकेका पूर्वअध्यक्ष नीरजकुमार गौतमले सधैँभरी काममा खटिने पत्रकार महिलाहरूले तीजलाई उत्सवका रूपमा मनाउने वातावरण निर्माण गरिदिएकोप्रति महासंघलाई धन्यवाद दिए । महासंघका अर्का पूर्वअध्यक्ष रुद्र सुवेदीले तीजको मौलिकता जोगाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारीका अध्यक्ष कमल डाँगी, समाजवादी प्रेस संगठनका अध्यक्ष लोकनाथ शर्मा, क्रियाशील महिला पत्रकारका अध्यक्ष सावित्री गिरी, सञ्चारिका अध्यक्ष पवित्रा परियार लगायतले शुभकामना दिएका थिए । महिला विभाग सदस्य आशा विकले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन अर्की सदस्य धना विष्ट केसीले गरेकी थिइन् ।

प्रकाशित मिति : ८ भदौ २०८२, आइतबार  ९ : १५ बजे

निर्वाचनमा निष्पक्ष, व्यवसायिक र जिम्मेवार पत्रकारिता प्रवर्द्धन महासंघको आह्वान

नेपालगन्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई

बाँकेमा १६ औं शृङ्खलामा हात्तीपाइले रोग विरुद्ध औषधि सेवन गराईँदै

नेपालगन्ज । बाँकेमा ६२ प्रतिशत नागरिकको पहुँचमा मात्र हात्तीपाइले रोग

घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै

राष्ट्रिय सुरक्षाका विषयमा साझा बुझाइ हुनुपर्छ : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

रिडीघाट जाँदै गरेको मलामी बोकेको जिप दुर्घटनामा एकको मृत्यु

पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ