१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

वीरगन्जमा हैजा संक्रमण ६२४ पुग्यो, ३ जनाको निधन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वीरगन्जमा हैजा संक्रमण तीव्रगतिमा फैलिएको जानकारी दिएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले हालसम्म कुल ६२४ जनामा हैजा पुष्टि भएको बताएका हुन् ।

उनका अनुसार, संक्रमितमध्ये ४३७ जना निको भइसकेका छन् भने १८७ जना हाल पनि उपचाररत छन् । पछिल्ला २४ घण्टामा मात्र ८४ नयाँ संक्रमित थपिएका छन् । यसैबीच, हैजाका कारण ३ जनाको ज्यान गइसकेको उनले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले हैजा नियन्त्रणका लागि सरकारले सक्रिय पहल थालेको उल्लेख गर्दै भने, “सकेसम्म रोग फैलिन नपाओस्, निवारण गर्न सकियोस् र रोकथाम पूर्णरूपमा गर्न सकियोस् भन्नेतर्फ सरकार गम्भीर बनेको छ ।”

प्रकाशित मिति : १३ भदौ २०८२, शुक्रबार  ४ : ३२ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा