१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

बुटवलमा वेनकार्डोको डिलर मिट



बुटवल । विगत १० वर्षदेखि व्यवसायिक यात्रा सुरु गरेको वेनकार्डोले बुटवलमा डिलर मिट सम्पन्न गरेको छ । वाथवेयर तथा किचनवयेरका सामग्रीहरु उत्पादन गर्दै आएको वेनकार्डोले हालसम्म अपनाएर विजनेश प्लान तथा आगामी वर्षका योजनाहरु बारे छलफल गरेको छ ।

सो अवसरमा बोल्दै वेनकार्डोका प्रवन्ध निर्देशक निरज शर्माले व्यापारको एक दशकमा हासिल गरेका उपलब्धिहरु र आगामी दिनमा उपभोक्ताहरुसँग थप नजिक हुनका लागि तयार पारिएका योजना बारे डिलर प्रतिनिधिहरुलाई जानकारी गराएका थिए । आफूले जहिले पनि अन्तिम विन्दु उपभोक्ता भएकाले उनीहरुको आवश्यकता र चाहनालाई लक्षित गरि उत्पादनलाई प्राथमिकता दिने गरेको उल्लेख गरे । ‘हामी एक्लैले व्यापार गर्न सकिँदैन, ‘वी वीन’को आधारमा अघि बढ्नुपर्छ । त्यसका लागि मैले सबभन्दा पहिला अन्तिम ग्राहकलाई हेर्छु, उनीहरुको आवश्यकता र सन्तुष्टीलाई हेर्ने गर्छु ।’

कम्पनीका मार्केटिङ हेट नितिक शर्माले आगामी वर्षका लागि तय गरिएका लक्ष्यहरु बारे जानकारी गराउँदै मार्केटिङ क्यालेण्डर बनाएर यो वर्ष काम बढाइएको बताए । वेनकार्डोले आक्रामक रुपमा व्यापार बिस्तारको योजनामा बनाएको बताउँदै उनले त्यसका लागि देशभरका रहेका डिलर प्रतिनिधिहरुको साथ आवश्यक रहने उल्लेख गरे । बेनकार्डो होम सोलुशन बारे जानकारी गराउँदै उनले नयाँ प्रोडक्टका रुपमा रहेको बेनकार्डो चिम्नी, कुक टप्स, गिजर्स लगायतका विशेषता बारे चर्चा गरेका थिए । यसका साथै आगामी वर्षको बजार योजना अनुसार ग्राहकलाई हात खाली नजाने उपहार योजना पनि ल्याइएको बताए । जस अनुसार वेनकार्डो चिम्नी र चुलो खरिदमा पहिलो १ सय जना ग्राहकलाई एप्रोन उपहार तथा २० हजारदेखि ५० हजार बढीको खरिद गर्ने ग्राहकलाई विभिन्न फरक-फरक उपहार योजना ल्याइएको जानकारी गराए ।

एक दशकको व्यवसायिक यात्रामा उल्लेखनीय सफलता हाल पार्न सकिएको बताउँदै कम्पनीका बिजनेश डेभलपमेन्ट म्यानेजर माधवप्रसाद शर्माले देशभरका करिब पाँच जना डिलर पाट्नरहरुसँग मिलेर अघि बढिएको जानकारी गराए । यसैगरी १० जना डिष्ट्रिव्युटर (रिजनल पाट्नर)ले व्यवसायमा सहकार्य गरेको उनले उल्लेख गरे । कम्पनीका नेश्नल सेल्स म्यानेजर बालकृष्ण रेग्मीले बजारमा प्रतिस्पर्धा बढ्दो रहेको बताउँदै सोही अनुसार योजना बनाएर अघि बढिएको एल्लेख गरे ।

प्रकाशित मिति : १४ भदौ २०८२, शनिबार  ६ : ०५ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू