११ असार २०८३, बिहिबार | June 25, 2026

इंग्लिस प्रिमियर लिग : चेल्सीको प्रभावशाली विजयी सुरुवात



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले प्रभावशाली जीत सहित नयाँ सिजनको सुरुवात गरेको छ ।

गएराति भएको आफ्नो पहिलो खेलमा फ्र्यांक लाम्पार्डको चेल्सीले ब्राइटनलाई ३–१ ले पराजित गरेको हो ।

पहिलो हाफमा एक गोल गरेको चेल्सीले दोस्रो हाफमा थप दुई गोल गरेर एक गोल खाएको हो । २३ औँ मिनेटमा पाएको पेनाल्टीमा जोर्गिन्होले गोल गरी चेल्सीलाई सुरुवाति अग्रता दिलाए ।

५४ औँ मिनेटमा लियान्ड्रो ट्रोसार्डको गोलबाट ब्राइटनले खेलमा बराबरी गर्न सफल भयो । तर त्यसको दुई मिनेटपछि नै रीस जेम्सले गोल गरी चेल्सीलाई पुनः अग्रता दिलाए ।
कर्ट जोउमाले ६६ औँ मिनेटमा जेम्सको पासमा गोल गर्दै चेल्सीलाई ३–१ को जीत दिलाएका हुन् ।

यो सँगै चेल्सीले नयाँ सिजनमा प्रभावशाली जीतसहित विजयी यात्रा सुरु गरेको छ ।

प्रकाशित मिति : ३० भदौ २०७७, मंगलबार  ६ : ५१ बजे

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध

रास्वपा महाधिवेशन : यस्तो छ प्रदेशगत मत परिणाम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा