१९ बैशाख २०८३, शनिबार | May 2, 2026

रेडक्रस स्थापना दिवसमा कुर्सी दौड



खजुरा । नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवस बाँकेको खजुरामा विभिन्न कार्यक्रम गरी मनाइएको छ । रेडक्रसको खजुरा उपशाखाको आयोजनामा विचार विमर्श र कुर्सी दौड प्रतियोगिता गरि स्थापना दिवस मनाइएको हो ।

खजुरा उपशाखाका कार्यवाहक सभापति योगमाया खनालको अध्यक्षतामा भएको कार्यक्रममा रेडक्रसको इतिहासलाई सम्झना गरिएको थियो । रेडक्रस स्थापनाको उद्देश्य, मानवीय सेवामा खेलेको भूमिका र नेपालमा यसको सुरुवातलाई सम्झदै उपस्थितहरुले यसको सक्रियता थप बढाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै शिक्षाविद माधव शर्माले रेडक्रसले सधैँ सकारात्मक सन्देश प्रवाह गर्ने गरी काम गर्न आवश्यक रहेको बताए । शर्माले “मानवता नै सबैभन्दा ठूलो धर्म हो” भन्ने सन्देशसहित अघि बढ्न शुभकामना दिए ।

युवा रेडक्रस सर्कल खजुराका अध्यक्ष खगेन्द्र दाहालले रेडक्रसको स्थापना आपतकालीन उद्धार, रक्तदान, विपद् व्यवस्थापनमा सक्रिय हुने र स्वयंसेवाको भावना विकास गर्नु रहेको बताए ।

समाजसेवी भक्तबहादुर केसीले आफ्नो प्रतिवद्धता नवीकरण गरिरहन आवश्यक रहेको बताए । केसीले मानवीय सेवामा आफैं पनि प्रतिवद्ध भएर सानो तर उपलब्धिमूलक योगदान गर्ने इच्छा जाहेर गरे । खजुरा उपशाखाका सल्लाहकार झगबहादुर पौडेलले रेडक्रसको मूल्य र मान्यता भित्र रहेर सबैले योगदान दिनुपर्नेमा जोड दिए ।

विचार विमर्श कार्यक्रमपछि भएको कुर्सी दौड प्रतियोगितामा शिक्षाविद समाजसेवी भक्तबहादुर केसी प्रथम भए । यस्तै द्वितीय स्थान युवा रेडक्रस सर्कलका अध्यक्ष खगेन्द्र दाहालले प्राप्त गरे । विजयी केसीले नगद ५०० पुरस्कार प्राप्त गरे भने उपविजेता दाहालले २५० नगद प्राप्त गरे । दिवसकै अवसरमा युवा सर्कलले उपशाखा गेटमा रहेको पुरानो नेपालको झण्डा फेरेर नयाँ राखेको थियो । कार्यक्रमको सञ्चालन भने उपशाखाका सचिव विकास हरि कोइरालाले गरेका थिए ।

प्रकाशित मिति : १९ भदौ २०८२, बिहिबार  ६ : १३ बजे

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

म्याग्दी । म्याग्दीमा मह सिकार सुरु भएको छ । धवलागिरि,

म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण थालियो

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन

सवारी दुर्घटनामा एकको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-८ कालीगण्डकी

बुद्ध जयन्तीमा मायादेवी मन्दिर परिसरमा रुद्र गणको सक्रिय सहभागिता

बुटवल । बुद्ध जयन्ती को अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित

सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले सुरक्षित,