७ श्रावण २०८३, बिहिबार | July 23, 2026

नेपालगन्जमा दौडिए हजुरआमाहरु, धनसरा बुढा प्रथम



नेपालगन्ज । नेपालगन्जमा आयोजित हजुरआमाहरु बीचको दौड प्रतियोगितामा धनसरा बुढा प्रथम भएकी छिन् । दैनिक नेपालगन्जको प्रकाशन संस्था सम्यक हब मिडिया प्रालिको १५ औं ‘सम्यक यात्रा’ को अवसरमा आयोजनामा सम्पन्न ‘दौडिन्छिन् हजुरआमा’ अन्तर्गत आज विहान भएको हजुरआमाहरु बीचको दौड प्रतियोगितामा बुढा प्रथम भएकी हुन् । उनले वीपी चोकदेखि धम्बोझी चोकसम्मको करीब एक किलोमिटर दुरी ५ मिनेट ४७ सेकेण्डमा पार गरेकी थिइन् ।

प्रतियोगितामा नन्दमाया वली द्वितीय र रेवती सिंह तृतीय भइन् । वलीले ६ मिनेट ५ सेकण्ड तथा सिंहले ६ मिनेट १२ सेकेण्डमा उक्त दुरी पार गरेका थिए । नाट्टा बाँके च्याप्टले सहआयोजना गरेको प्रतियोगितामा ५० बर्ष पार गरेका हजुरआमाहरुबीच प्रतिष्पर्धा गराइएको थियो ।

प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका खेलकुद मन्त्री सन्तोष पाण्डेले गरेका थिए । त्यस अवसरमा कर्णाली प्रदेश सरकारका अर्थमन्त्री राजिव विक्रम शाह, लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्ले, मिना श्रेष्ठ, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट लगायतको उपस्थिती रहेको थियो ।

महिला सशक्तिकरण तथा स्वास्थ्यप्रतिको संवेदनशिलता र सक्रिय जीवनका लागि सचेतना जगाउने उद्देश्यले दौड आयोजना गरिएको सम्यक हब मिडिया प्रालिका प्रबन्ध निर्देशक झलक गैरेले बताए । आजै ‘भन्छिन् हजुरआमा’ शिर्षकमा हजुरआमा र नाती/नातिनी पुस्ताबीच अन्तरपुस्ता संवाद पनि सम्पन्न गरिएको गैरेले जानकारी दिए ।

प्रकाशित मिति : २१ भदौ २०८२, शनिबार  ८ : ५४ बजे

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै

नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट