खजुरा । जेन जी पुस्ताको प्रदर्शनलाई समर्थन गर्दै बाँकेको खजुरामा सरकार बिरोधी प्रदर्शन भएको छ । आज बिहानबाट खजुराको लोकतान्त्रिक चोकमा भेला भएका स्थानीयबासीहरुले सरकार बिरोधी नारा लगाएका छन् ।
नेपालगन्ज गुलरिया सडकमा चल्ने सवारी साधानलाई अवरोध गर्दै प्रदर्शन गरेका स्थानीयले जेनजीको माग पुरा गर, हत्यारा प्रधानमन्त्री राजीनामा दे, प्रहरी दमन बन्द गर, भ्रष्टाचारीलाई फाँसी दे जस्ता नारा लगाएका छन् ।
लोकतान्त्रिक चोकमा भेला भएका स्थानीयले खजुरा बजारको परिक्रमा गर्दै इलाका प्रहरी कार्यालय धनौली पुगेर नाराबाजी गरे । सरकार नढलेसम्म आन्दोलन जारी राख्नु पर्ने स्थानीय युवा ब्यवसायी रोसन सापकोटाले बताए । पार्टी भन्दा माथि उठेर हत्यारा सरकारको बिरोधमा उत्रिन स्थानीयलाई युवा ब्यवसायी भक्त गोदारले आह्वान गरे ।
जेन जी प्रदर्शनका क्रममा अहिले सम्ममा १९ जनाको मृत्यु पुष्टी भएको छ भने त्यस मध्य २ जना बाँकेको युवाहरु रहेका छन् । प्रदर्शनमा स्थानीय ब्यापारी, नागरिक अगुवा, शिक्षा, बिद्यार्थीको बाक्लो उपस्थिती रहेको छ । प्रदर्शन जारी रहँदा उपस्थिती थपिने क्रम जारी छ ।



















प्रतिक्रिया