२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

रुपन्देहीमा अनिश्चितकालीन कर्फ्यू, दर्जनौँ सरकारी तथा निजी संरचनामा आगजनी



बुटवल । रूपन्देहीमा मंगलबार राति साढे ८ बजेदेखि अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ । जेनजी आन्दोलनका क्रममा लुटपाट र तोडफोड तीव्र भएपछि स्थिति नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश लागू गरेको हो ।

प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले आन्दोलन अनियन्त्रित भएपछि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम जिल्लाभर कर्फ्यू जारी गरिएको जानकारी दिए । प्रशासनले सार्वजनिक सूचना जारी गर्दै अर्को आदेश नभएसम्म कर्फ्यू जारी रहने स्पष्ट पारेको छ ।

आन्दोलनको क्रममा जिल्लाका विभिन्न स्थानमा मन्त्री, सांसद, राजनीतिक दलका नेता, मेयर, वडा अध्यक्षलगायतका घरमा आगजनी भएको छ । साथै बुटवलका अधिकांश सरकारी कार्यालयहरू ध्वस्त भएका छन् ।

आगलागी र तोडफोडबाट बुटवल उपमहानगरपालिका, उच्च अदालत, आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान कार्यालय, इलाका प्रशासन, डिभिजन सडक कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय, भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, सिद्धार्थनगर नगरपालिका लगायतका कार्यालयहरूमा ठूलो क्षति पुगेको छ ।

त्यस्तै, प्रदर्शनकारीहरूले बुटवलको मिलनचोकस्थित ड्रिम इन्टरनेशनल होटल र भाटभटेनी सुपरमार्केटमा समेत लुटपाट गरी आगजनी गरेका छन् ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ९ : ३३ बजे

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका

ग्यास, पेट्रोलियमको आपूर्ति सुनिश्चित गर्न मानवअधिकार आयोगद्वारा सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज