१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

भाटभटेनी सुपरमार्केट लुटपाटमा संलग्न चार जना पक्राउ



काठमाडौँ । देशैभर नेपाली सेनालगायत अन्य सुरक्षा निकाय परिचालन भएपश्चात  आज बिहान १०ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म महाराजगस्थित भाटभटेनी सुपर मार्केट लुटपाटमा संलग्न चार जना पक्राउ परेका छन् ।

त्यसैगरी डिल्लीबजार–नारायणथान क्षेत्रमा शङ्कास्पद गतिविधिमा संलग्न व्यक्तिहरूले सुरक्षा फौजलाई देखेपछि छाडेर भागेको नेपाली रु दुई लाख ३२ हजार ५०० र दुई हजार ५०० डलर बरामद गरिएको सेनाले आज जनाएको छ ।

सेनाले विज्ञप्तिमार्फत सुरक्षाकर्मीबाट लुटिएका थप हतियार एक नालसहित हालसम्म जम्मा ३२ नाल बरामद भएको जनाएको छ । साथै डडेलधुरास्थित जिल्ला कारागारबाट निस्केर भागेका कैदीबन्दीमध्ये २६ जनालाई नियन्त्रणमा लिइएको तथा काठमाडौँ डिल्लीबजारस्थित सदर कारागारबाट भाग्ने प्रयास गरेका कैदीबन्दीलाई रोकिएको छ ।

प्रकाशित मिति : २५ भदौ २०८२, बुधबार  ३ : ०० बजे

गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका अधिकांश ताल सुक्न थालेपछि

पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या

काठमाडौं । सार्वजनिक सवारीसाधन सञ्चालनका लागि गोँगबुस्थित नयाँबसपार्क सञ्चालनमा रहे

वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै

बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र

बागलुङ । बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र परेको

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि आवेदन खुला

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड (सेबोन)को रिक्त अध्यक्ष