२१ मंसिर २०८२, आइतबार | December 7, 2025

संवैधानिक मार्गबाट शान्तिपूर्ण समाधान खोज्न सबै पक्षलाई शेखर कोइरालाको आग्रह



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जेनजी आन्दोलनका जायज मागहरू संविधान र कानूनी प्रक्रियाभित्रै रही समाधान गर्नुपर्नेमा जोड दिएका छन्।

नेता कोइरालाले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै जेनजी पुस्ताका युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध उठाएको आवाजप्रति पूर्ण समर्थन व्यक्त गरेका छन्।

आन्दोलनपछि मुलुकमा देखिएको राजनीतिक रिक्तता तत्काल भरिनुपर्ने आवश्यकता औंल्याउँदै उनले सहमति, सहकार्य र एकता कायम गरी संवैधानिक मार्गबाट शान्तिपूर्ण समाधान खोज्न सबै पक्षलाई आग्रह गरेका छन्। ‘जेनजी युवाहरूको न्यायोचित माग संविधानभित्रै रहेर समाधान गर्न सकिन्छ’, भन्दै उनले करिब ६५ वर्ष लामो संघर्ष, त्याग र बलिदानपछि संविधानसभाबाट निर्माण भएको संविधानलाई आधार बनाएर आगामी राजनीतिक यात्रा अघि बढाउन अपिल गरेका छन्।

संवैधानिक समाधानका लागि राष्ट्रपति रामचन्द्र पौडेलले चालेको पहल सराहनीय रहेको उल्लेख गर्दै कोइरालाले यसमा सबैको साथ र समर्थन रहने विश्वास व्यक्त गरेका छन्।

भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै कोइरालाले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् भने घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

नेता कोइरालाले आफ्नो पार्टीका सभापति शेरबहादुर देउवासहितका पार्टी नेता–कार्यकर्तामाथि, आन्दोलनकारी तथा सुरक्षाकर्मीमाथि भएको आक्रमणको निन्दा गरेका छन्।

कोइरालाले सरकारी तथा सार्वजनिक सम्पत्ति, सञ्चार गृह, उद्योग, व्यवसाय, कलकारखाना र निजी भवनहरूमा गरिएको तोडफोड, लुटपाट तथा व्यक्तिगत आक्रमणलाई जघन्य अपराध भन्दै घोर भत्र्सना गरेका छन्।

 

 

प्रकाशित मिति : २६ भदौ २०८२, बिहिबार  ८ : १४ बजे

एनपीएल : चार टोली च्याम्पियन बन्ने दौडमा

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा लिगको च्याम्पियन

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज

छत्रदेव-छत्रगञ्जमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ४५५ जनाले लिए सेवा

अर्घाखाँची । छत्रदेव गाउँपालिका-५ नं. वडा कार्यालयको सहकार्यमा छत्रगञ्ज-रुपन्देही सम्पर्क

मानवसेवा आश्रमका २१ जिल्लामा ३० सेवा केन्द्र

पोखरा । नेपाललाई सडकआश्रित मानवरहित राष्ट्र बनाउने उद्देश्यसहित ‘मानवता प्रवद्र्धन

बर्दिया युवती आत्महत्या प्रकरणमा गृहमन्त्रालयले बनायो छानबिन समिति

काठमाडौं। बर्दियामा नागरिकता नपाएकै कारण एक युवतीले ज्यान गुमाएको विषयमा