१४ भदौ २०८३, आइतबार | August 30, 2026

नवलपुरमा स्थिति सामान्य बन्दै कर्फ्यु हटाइयो, निषेधाज्ञा भने जारी



नवलपुर । नवलपुरमा जारी कर्फ्यु आदेश हटाइएको छ । प्रमुख जिल्ला अधिकारी भवेश्वर पाण्डेले आज सूचना जारी गर्दै आज बिहान ७ बजेबाट लागू हुने गरी कर्फ्यु आदेश हटाइएको जानकारी दिएका हुन्।

जिल्लाका विभिन्न स्थानमा उत्पन्न हुन सक्ने असहज अवस्था र शान्ति सुरक्षालाई दृष्टिगत गर्दै २०८२ भदौ २५ गतेदेखि लागू गरिएको कर्फ्यु हटाइए पनि निशेधाज्ञा भने यथावत् राखिएको प्रशासनले स्पष्ट पारेको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (क) बमोजिम जारी गरिएको निशेधाज्ञा अनुसार पाँच जना भन्दा बढी व्यक्तिले भेला हुने, जमघट गर्ने, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता गतिविधि गर्न निषेध गरिएको छ।

जिल्ला प्रशासनले कर्फ्यु हटेपछि सामान्य अवस्था बन्दै गएको बताए पनि, अवाञ्छित गतिविधि रोक्न निशेधाज्ञा निरन्तर रहने जनाएको छ। आदेश उल्लंघन गर्नेहरूमाथि कानूनी कारबाही हुने चेतावनी समेत प्रशासनले दिएको छ।

प्रकाशित मिति : २७ भदौ २०८२, शुक्रबार  ८ : ५७ बजे

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’

चितवन । भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी

चीनले दिएको ३० करोड रुपैयाँ अर्थमन्त्रीमार्फत प्रधानमन्त्री राहत कोषलाई हस्तान्तरण

काठमाडौं। चीन सरकारले नेपालका बाढी पीडितका लागि घोषणा गरेको नगद

रसुवा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते

बर्दिया । रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

ललितपुर । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा

रास्वपा सभापति लामिछाने र बागमतीका मुख्यमन्त्री थापाबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र