३१ असार २०८३, बुधबार | July 15, 2026

घोषित लक्ष्यहरूबाट नवगठित सरकार च्यूत भए प्रतिरोध : रास्वपा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रिय हित, एकता र सौहार्द्रता प्रवर्द्धनमा सहयोगी भूमिकामा रहने जनाएको छ ।

पार्टी महामन्त्री कबिन्द्र बुर्लाकोटीले आज एक विज्ञप्ति जारी गरी अन्तरिम सरकारसँगको अपेक्षा स्मरण गराउँदै घोषित लक्ष्यहरूबाट नवगठित सरकार च्यूत भए प्रतिरोध हुने स्पष्ट रहेको चेतावनी पनि दिएको छ । “घोषित लक्ष्यहरूबाट सरकार च्यूत हुँदा प्रतिरोध हुनेमा रास्वपा स्पष्ट रहँदै समग्र राष्ट्रिय हित, एकता र सौहाद्र्रताको प्रवर्द्धनमा आफूहरू सहयोगी भूमिकामा रहनेछौँ”, विज्ञप्तिमा उल्लेख छ ।

‘जेनजी’ आन्दोलनबाट मुलुकले प्रथम महिला प्रधानमन्त्री प्राप्त गरेकामा पार्टीको समर्थन रहे पनि संविधान पालनाको कोणबाट प्रश्न उठेको रास्वपाले उल्लेख गरेको छ । यस्तै, अन्तरिम सरकारबाट आगामी फागुन २१ गतेका लागि तोकिएको आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने अपेक्षा गरिएको छ ।

शान्तिपूर्ण सत्ता–हस्तान्तरणका साथै लोकतान्त्रिक हकअधिकारको निर्बाध उपभोग, विधिमा बाँधिएको असल शासनअनुरूप चरम भ्रष्टाचार र दण्डहिनताविरुद्ध कडा कदम, पुनर्निर्माण र आर्थिक सुधार, सुदृढ अन्तरराष्ट्रिय सम्बन्ध एवं द्रूत गतिमा विकासको अपेक्षा रहेको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : २८ भदौ २०८२, शनिबार  ८ : २१ बजे

३४ लाख ६६ हजार लगानीकर्ता टिएमएसमार्फत शेयर कारोबारमा सक्रिय

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको नेपाल पुँजीबजार

लायन्स क्लब अफ बुटवलको वार्षिक साधारणसभा सम्पन्न, गभर्नर्स टिमलाई सम्मान

बुटवल । लायन्स क्लब अफ बुटवलले वर्ष २०२६/२७ को आफ्नो

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा चार मन्त्रीको राजीनामा राजीनामा स्वीकृत

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट सहभागी चार

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवर्द्धनका निम्ति द्रुत