काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्मा ती सदस्य थपेर आफु सहित मन्त्रिपरिषदको संख्या चार पुर्याएकी छन् ।
प्रधानमन्त्री कार्कीले पूर्वअर्थ सचिव रामेश्वर खनाललाई अर्थमन्त्री र नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई उर्जा मन्त्री नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेकी छन् । ओमप्रकाश अर्याललाई भने गृहसहित कानुन मन्त्रालयको जिम्मेवारी दिइएको स्रोतले बताएको छ ।
घिसिङले उर्जा सहित भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् । भने खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
उनीहरुको शपथ भने भोलि हुनेछ ।


















प्रतिक्रिया