काठमाडौं । सोमबार शितलनिवासमा आयोजित मन्त्रीहरुको शपथग्रहण समारोहमा सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना अनुपस्थित भएका छन्।
प्रधानमन्त्रीको शपथग्रहणमा समेत अनुपस्थित रहेका राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल भने सोमबारको कार्यक्रममा उपस्थित थिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा नयाँ मन्त्रीहरूलाई शपथ गराएका हुन् ।
कार्कीले आफु प्रधानमन्त्री हुनेवित्तिकै प्रतिनिधिसभा विघटनको प्रस्ताव गरेकी थिइन । सो प्रस्तावअनुसार राष्ट्रपति पौडेलले आगामी फागुन २१ गते मध्यावधी निर्वाचनको घोषणा गरिसकेका छन् । तर प्रतिनिधिसभा विघटन भए पनि सभामुख र उपसभामुखको पद भने निर्वाचनको उम्मेदवार मनोनयनको दिनसम्म यथावत रहन्छ । जेनजी आन्दोलनपछि सभामुख र उपसभामुख सार्वजनिक कार्यक्रममा देखिएका छैनन ।
राष्ट्रियसभा अध्यक्ष दाहाल भने मन्त्रीहरुको सपथमा उपस्थित भए । संविधान रहँदासम्म संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभा अविच्छिन्न रुपमा क्रियाशील रहन्छ ।


















प्रतिक्रिया