१८ चैत्र २०८२, बुधबार | April 1, 2026

गृहमन्त्री अर्यालद्वारा जेनजी शहीदको सम्मानमा राष्ट्रिय शोक घोषणा



काठमाडौं । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदबहाली गरेका छन् ।

साविकको गृहमन्त्रालय जेलेर नष्ट भएपछि पुरानो सामान्य प्रशासन मन्त्रालयमा स्थापना गरिएको मन्त्रालय पुगेर अर्यालले पदबहाली गरेका हुन् । उनले पदबहाली गरेलगत्तै जेनजी आन्दोलनमा शहीद भएका नागरिकहरूको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेका छन् । शोकको दिन मन्त्रिपरिषद्ले तोक्ने छ भने सो दिन राष्ट्रिय झण्डा आधा झुकाइनेछ ।

गृहमन्त्री अर्यालले मृतक परिवारलाई किरिया खर्चका रूपमा प्रतिपरिवार एक–एक लाख रुपैयाँ उपलब्ध गराउने घोषणा पनि गरेका छन् । साथै, उनले शव व्यवस्थापनका लागि निःशुल्क सवारीसाधन उपलब्ध गराइने र दुर्गम क्षेत्रमा हेलिकप्टरमार्फत व्यवस्था गरिने व्यवस्था गरिने जनाएका छन् ।

अर्यालले सोमबार शीतलनिवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । प्रधानमन्त्री सुशीला कार्कीले आजै उनलाईसहित तीन जना नयाँ मन्त्री नियुक्त गरेकी थिइन् ।

अर्याल यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका सल्लाहकारका रूपमा कार्यरत थिए ।

प्रकाशित मिति : ३० भदौ २०८२, सोमबार  १ : ५४ बजे

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग

काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौँ । काठमाडौँबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

भोलिबाट एसईई परीक्षा : ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईईमा सहभागी हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइने माध्यामिक शिक्षा परीक्षा (एसईई)

राष्ट्रिय सुरक्षाको विषयलाई पुनः परिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपालको भूराजनीति हाम्रा लागि अवसर

इरान विरुद्ध अमेरिका-इजरायल युद्ध : अवसर खोज्ने चिनियाँ चुपचाप रणनीति

“जब तपाईंको शत्रुले गल्ती गरिरहेको हुन्छ, उसलाई कहिल्यै अवरोध नगर।”