८ पुस २०८२, मंगलबार | December 23, 2025

जेनजी आन्दोलन : बीमा दाबी २३ अर्ब ३९ करोड



काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनका कारण क्षतिग्रस्त भएका भौतिक संरचनाको बीमा दाबी २३ अर्ब ३९ करोड २७ लाख बराबरको परेको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार बीमा दाबीको सूचना आउने क्रम जारी रहेको छ । हालसम्म सम्पत्ति बीमा पाँच सय ९४, मोटर बीमा दुई हजार दुई सय नौ, इञ्जिनियरिङ तथा ठेक्का जोखिम बीमा एक सय ४४, परिवहन बीमा ११ र अन्य बीमाका ३० वटा आवेदन परेको छ ।

सबैभन्दा धेरै बीमा दाबी बागमती प्रदेशको रहेको छ । सो प्रदेशमा एक हजार छ सय आठ वटा बीमा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ ।

कोशीमा तीन सय ७७, मधेशमा तीन सय २३, गण्डकीमा दुई सय १९, लुम्बिनीमा दुई सय ५४, कर्णालीमा २५ र सुदूरपश्चिममा एक सय ८२ वटाको दाबी परेको छ । हालसम्म कूल दुई हजार नौ सय ८८ वटा बीमा दाबीको आवेदन परेको छ ।

भौतिक क्षति धेरै भएकाले दाबीको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । प्राधिकरणको विवरणअनुसार, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा पाँच अर्ब ४५ करोड ९३ लाख बराबरको दाबी आवेदन परेको छ ।

यस्तै, दि ओरियन्टल इन्स्योरेन्समा पाँच अर्ब २३ करोड २४ लाख, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा दुई अर्ब ७९ करोड ६६ लाख, शिखर इन्स्योरेन्समा दुई अर्ब ३९ करोड १३ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा एक अर्ब ५७ करोड ५९ लाख बराबरको बीमा दाबीको आवेदन परेको छ ।

मुलुकभर १४ वटा निर्जीवन बीमा कम्पनीसहित चार माइक्रो इन्स्योरेन्स कम्पनीमा ती आवेदन परेको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ६ : ५६ बजे

१४३ पूर्व सांसदहरुले गराए प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध १४३ पूर्व सांसदको हस्ताक्षरसहितको थप

वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षणवापत वृद्धि गरिएको

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट सहित २ वडा अध्यक्षलाई १५/१५ दिन कैद सजायको फैसला

दाङ । पूर्व—पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही– भालुबाङ सडक खण्डमा

जाँचबुझ आयोगद्वारा दुवाडी, खापुङ र रिजालको स्थानहद फुकुवा

काठमाडौं । जेन–जी आन्दोलनपछि गठन भएको सरकारले बनाएको ‘भदौ २३

राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री र तीन प्रमुख दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको समन्वयमा प्रधानमन्त्री सुशीला कार्की र