७ माघ २०८२, बुधबार | January 21, 2026

रसुवागढीको मितेरी पुल निर्माणमा तीव्रता



रसुवा । गत असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले बगाएको मितेरी पुल निर्माणमा तीव्रता दिइएको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार खोलाको पानीलाई ह्युमपाइपको सहायताले एकत्रित गरी चिनियाँ प्राविधिकले नेपाल तर्फको पिल्लर ठड्याउने काम गरिरहेका छन् । अहिलेकै गतिमा काम गरेमा तिहार भन्दा अगाडि पुल निर्माण हुने प्रजिअ पन्थीले बताए ।

त्यसैगरी पानीले जग खोतलेको अन्तर्राष्ट्रिय राजमार्ग अन्तर्गत पर्ने कुलुङखोला पुलको संरचना निर्माण यही असोज २५ गते भित्र सम्पन्न गर्ने लक्ष्य रहेको गल्छि–त्रिशुली मैलुङ–स्याफ्रुबेँसी– रसुवागढी सडक सुधार आयोजनाले जनाएको छ ।

निर्माण सामग्री ढुवानी भइसकेका कारण दसैँ लगत्तै बाँकी संरचना निर्माण सुरू गरिने उक्त सडक सुधार आयोजनाका इञ्जिनियर कुमार विक्रम पराजुलीले जानकारी दिए ।

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  ७ : ५५ बजे

बालेनद्वारा झापा-२ की उम्मेदवार इन्दिरा रानामगरलाई घरमै पुगेर समर्थन

झापा । झापा-५ का उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई

उज्यालो नेपाल पार्टीले उठायो १२० स्थानमा उम्मेदवार

काठमाडौं । सरकार छाडेर उज्यालो नेपाली पार्टी (उनेपा) को नेतृत्व

प्रतिनिधिसभा निर्वाचन : ३४८६ जनाको उम्मेदवारी मनोनयन

काठमाडौँ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार आगामी फागुनमा हुने प्रतिनिधिसभा

नवलपुर-१ मा कांग्रेसभित्र किचलो, दुई उम्मेदवारको मनोनयन दर्ता

नवलपुर । नवलपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा