१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

बागलुङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते



बागलुङ । बागलुङमा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्लाको ताराखोला गाउँपालिका–१ गाईघाट नजिकै शुक्रबार साँझ ग १ ज ६१०० नम्बरको पिकअप गाईघाट नजिकै दुर्घटना हुँदा गलकोट नगरपालिका–५ सर्दाखेतका करिब २४ वर्षीय दिनेश थापाको मृत्यु भएको हो ।

गलकोट हटिया बजारदेखि ताराखोला जाँदै गरेको पिकअप दुर्घटना हुँदा गलकोट नगरपालिका–५ सर्दाखेतका २४ वर्षीय मिलन परियार र सोही वडाका ४३ वर्षीय वीरबल परियार घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए ।

घाइतेमध्ये वीरबल गम्भीर हुँदा गलकोट नगर अस्पतालमा सामान्य उपचारपछि पोखरा रिफर गरेको उनको भनाइ छ । अर्का घाइते मिलन परियारको भने गलकोट अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक थापाले बताए ।

जीप सडकबाट करिब २० मिटर तल ताराखोलामा खसेको थियो । दुर्घटनाको खबर पाए लगत्तै गलकोटबाट प्रहरीको टोली पुगेर उद्धार गरेको उनले बताए ।

प्रकाशित मिति : १७ आश्विन २०८२, शुक्रबार  ८ : ०३ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा