९ माघ २०८२, शुक्रबार | January 23, 2026

प्रतिकुल परिस्थितिका कारण भोलि र पर्सि सार्वजनिक बिदा



काठमाडौं । देशभर निरन्तर परेको अविरल वर्षाका कारण उत्पन्न प्रतिकूल परिस्थितिलाई मध्यनजर गर्दै सरकारले आइतबार र सोमबार (भोलि र पर्सि) दुई दिनका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयका अनुसार राजमार्गहरूमा खसेका पहिरो, अवरुद्ध यातायात र मौसम पूर्वानुमान महाशाखाले जारी गरेको अलर्टलाई ध्यानमा राख्दै बिदा दिने निर्णय गरिएको हो।

सप्तमीदेखि सुरु भएको दसैं बिदा सकिएपछि सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने तयारीमा रहेका थिए।

त्यस्तै, गृह मन्त्रालयमा देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूसँग सुरक्षा अवस्थाबारे विशेष बैठक सम्पन्न भएको छ। बैठकले उच्च जोखिममा रहेका बस्तीहरूमा सुरक्षाकर्मीहरू परिचालन गर्ने र सम्भावित जोखिम व्यवस्थापनका लागि नेपाली सेनालाई समेत आकस्मिक उद्धार कार्यमा तत्पर अवस्थामा राख्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ।

 

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ३ : २२ बजे

दीप स्कुलमा सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम भव्य रूपमा सम्पन्न

बुटवल । बुटवलको सुख्खानगरस्थित दीप बोर्डिङ हाइ स्कुलमा शुक्रबार धुमधामका

कालिका मानवज्ञान माविमा सरस्वती पूजाको अवसरमा ईसीडी कक्षामा अक्षरारम्भ

बुटवल । कालिका मानवज्ञान माध्यमिक विद्यालयमा सरस्वती पूजाको अवसर पारेर

अक्सफोर्ड माध्यमिक विद्यालयमा सरस्वती पूजा तथा पुरस्कार वितरण, व्यवहारिक शिक्षामा जोड दिन आग्रह

बुटवल । बुटवलको सुख्खानगरस्थित अक्सफोर्ड माध्यमिक विद्यालयले सरस्वती पूजा तथा

गगन थापाको प्रतिवद्धता – उम्मेदवारी चयन अर्को पटकदेखि सुधार गर्छौं

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले उम्मेदवार छनोट प्रक्रियामा