७ श्रावण २०८३, बिहिबार | July 23, 2026

बुटवलको जितगढीमा भोली ऐतिहासिक सराय नाँच प्रर्दशन गरिदैँ



बुटवल । बुटवल उपमहानगरपालिका-१३, जितगढीमा वार्षिक रूपमा आयोजना हुदैँ आएको ऐतिहासिक सराय नाँच यस वर्ष पनि हुने निश्चित भएको छ । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि भोली अर्थात असोज २० गते सोमबार सराय नाँच देखाउन लागिएको जितगढी सराय व्यवस्थापन समिति बुटवल-१३ समितिले आइतबार बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।

समितिका अध्यक्ष खिम बहादुर थापाले ऐतिहासिक लोपन्मुख सराय नाँच संरक्षणका लागि सराय नाँच गर्न लागिएको बताए । विस २०७० सालदेखि देखि गुल्मी, पाल्पा, अर्घाखांची, प्यूठानबाट बसाइसराइ गरि बुटवल आएकाहरुको पहलमा सराय नाँच संरक्षण गर्ने उद्देश्यले वर्षेनी यो कार्यक्रम राखिएको अध्यक्ष थापाले बताए ।

समितिका सचिव पिताम्बर भण्डारीले दिउसो साढे २ बजेदेखि सराय नाँच सुरु हुने जानकारी दिए । पुरानो संस्कृति पछिल्लो समय संकटमा पर्दै जान थालेपछि समितिले अहिले निरन्तर नांच प्रदर्शन गर्दै आएको उनले बताए । परापूर्वकालदेखि नाच्दै आएको साराय नाँचलाई अहिलेका पुस्तासम्म देखाउनुपर्छ भने लागेरै कार्यक्रम गर्न लागिएको उनले बताए ।

तरबार नचाएर एक आपसमा खुसी साटासाट गर्ने सराय नाँच विशेष गरी लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची, प्यूठान, कपिलवस्तु, रुपन्देही, दाङ तथा गण्डकी प्रदेशको बागलुङ, स्याङ्जा तथा अन्य विभिन्न जिल्लाहरुका कोट तथा शक्तिपिठहरूमा नाच्ने प्रचलन छ ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  २ : ०६ बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी