काठमाडौं । नेपाली परम्परागत विवाह संस्कृतिमा आधारित नयाँ गीत ‘नयाँ घरमा’ सार्वजनिक गरिएको छ । गायक श्रीधर अधिकारी र लोकप्रिय गायिका देवी घर्ति मगरको स्वरमा रहेको यस गीतमा कलाकार मुकु सुवेदी र सुस्मा सापकोटाको मुख्य अभिनय छ ।
गीतका शब्द सुस्मा सापकोटाले लेखेकी हुन् भने संगीत राजन अधिकारीले भरेका छन् । पञ्चे बाजा शैलीमा रचित गीतलाई आधुनिक स्वाद दिन एचबीएन किस्मतले एरेन्ज, मिक्सिङ र मास्टरिङ गरेका छन् । गीतको रेकर्डिङ १ डि.बी. एचडी नेक्स्ट लेभल स्टुडियोमा गरिएको हो ।
गीतको कथा र निर्देशन मुकु सुवेदी स्वयंले गरेका हुन् । भिडियोमा सुवेदीसँगै गायिका तथा मोडल सुस्मा सापकोटाले अभिनय गरेकी छिन् । छायांकनमा सुरज घिमिरे ‘सेन’, सागर महत, समिप चौधरी र बिपिन ज्ञवाली संलग्न छन् भने सम्पादन तथा कलर ग्रेडिङ सुरज घिमिरे ‘सेन’कै रहेको छ ।
भिडियोको पोस्टर डिजाइन उत्तम कुमार कार्कीले गरेका छन् । राजेन्द्र अर्याल र सन्तोष सापकोटा प्राविधिक सल्लाहकारको भूमिकामा छन् भने सम्पूर्ण पोस्ट–प्रोडक्सनको जिम्मेवारी शुभा इभेन्ट्सले वहन गरेको हो ।
२८ सेप्टेम्बर २०२५ मा मुकु सुवेदीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतले छोटो समयमा नै राम्रो चर्चा पाएको छ ।
‘नयाँ घरमा’ गीतले नेपाली समाजमा विवाह संस्कारको महत्व, दुलहीको नयाँ घर प्रवेशको भावनात्मक पक्ष र परिवारबीचको आत्मीय सम्बन्धलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ ।


















प्रतिक्रिया