२० भदौ २०८३, शनिबार | September 5, 2026

मुकु सुवेदीको नयाँ विवाह गीत ‘नयाँ घरमा’ सार्वजनिक



काठमाडौं । नेपाली परम्परागत विवाह संस्कृतिमा आधारित नयाँ गीत ‘नयाँ घरमा’ सार्वजनिक गरिएको छ । गायक श्रीधर अधिकारी र लोकप्रिय गायिका देवी घर्ति मगरको स्वरमा रहेको यस गीतमा कलाकार मुकु सुवेदी र सुस्मा सापकोटाको मुख्य अभिनय छ ।

गीतका शब्द सुस्मा सापकोटाले लेखेकी हुन् भने संगीत राजन अधिकारीले भरेका छन् । पञ्चे बाजा शैलीमा रचित गीतलाई आधुनिक स्वाद दिन एचबीएन किस्मतले एरेन्ज, मिक्सिङ र मास्टरिङ गरेका छन् । गीतको रेकर्डिङ १ डि.बी. एचडी नेक्स्ट लेभल स्टुडियोमा गरिएको हो ।

गीतको कथा र निर्देशन मुकु सुवेदी स्वयंले गरेका हुन् । भिडियोमा सुवेदीसँगै गायिका तथा मोडल सुस्मा सापकोटाले अभिनय गरेकी छिन् । छायांकनमा सुरज घिमिरे ‘सेन’, सागर महत, समिप चौधरी र बिपिन ज्ञवाली संलग्न छन् भने सम्पादन तथा कलर ग्रेडिङ सुरज घिमिरे ‘सेन’कै रहेको छ ।

भिडियोको पोस्टर डिजाइन उत्तम कुमार कार्कीले गरेका छन् । राजेन्द्र अर्याल र सन्तोष सापकोटा प्राविधिक सल्लाहकारको भूमिकामा छन् भने सम्पूर्ण पोस्ट–प्रोडक्सनको जिम्मेवारी शुभा इभेन्ट्सले वहन गरेको हो ।

२८ सेप्टेम्बर २०२५ मा मुकु सुवेदीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतले छोटो समयमा नै राम्रो चर्चा पाएको छ ।

‘नयाँ घरमा’ गीतले नेपाली समाजमा विवाह संस्कारको महत्व, दुलहीको नयाँ घर प्रवेशको भावनात्मक पक्ष र परिवारबीचको आत्मीय सम्बन्धलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  २ : २५ बजे

‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’

काठमाडौं । म त पर्खेको पर्खै छु बतास बनी छुन

खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो

इलाम । परम्परागत खेतीबाट राम्रो आम्दानी लिन कठिन भइरहेका बेला

तिनाउमा बन्ने सिग्नेचर ब्रिजको ठेक्का सम्झौता, ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य

बुटवल । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-गोरुसिङ्गे सडकखण्ड विस्तार योजनासँगै बुटवलस्थित तिनाउ

भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै

काठमाडौं । श्रीकृष्णको जन्म भएको खुशियालीमा आज देशका विभिन्न भागमा

भोटेकोशी बाढीमा ४,८९८ जना बेपत्ता, १,३४४ शव फेला

काठमाडौं । नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढीपछिको खोज, उद्धार