१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

नेपाल भाषा साहित्य तःमुञ्जामा उत्कृष्टलाई पुरस्कार वितरण



भक्तपुर । जनता म्वासाः भाषा म्वाई अर्थात् जनता रहे भाषा रहन्छ भन्ने नाराका साथ भक्तपुरको इताछेस्थित नपुखुमा आयोजित दुईदिने ४५औँ बृहत् नेपाल भाषा साहित्य सम्मेलनका उत्कृष्ट साहित्यकारलाई पुरस्कार प्रदान गरिएको छ ।

सम्मेलनमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले कवितातर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने क्रमशः सङ्गीता पंच, गङ्गाराम ज्याख्व, सत्यनारायण सुवाल र लक्ष्मीप्रसाद कासुला एवं सुनिता गॉसीलाई पुरस्कार प्रदान गरे । कथा विधातर्फ प्रथम, द्वितीय र तृतीय हुने क्रमशः श्रृया पहिजु, एलके सुन्दर, सूर्यनारायण फॉजु तथा निबन्ध विधामा प्रथम हुने केजी आचार्यलाई परस्कार प्रदान गरे ।

तःमुंज्यामा अध्यक्ष बिजुक्छेँ, सचिव प्रेम सुवाल, भक्तपुर नगरपालिकाका नरपालिकाका प्रमख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, साहित्यकार अभय श्रेष्ठ र हरिहर तिमिल्सनालगायतले सम्बोधन गरेका थिए । यसैगरी सिमाअध्यता रतन भण्डारी, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ, इतिहासविद प्राध्यापक डा पुरुषोत्तमलोचन श्रेष्ठ, ख्वप इञ्जिनियरिड्ड कलेजका प्रध्यापक जताधर झा, कवि डा रामप्रसाद ज्ञवाली, नन्दबहादुर शाही, नवराज कोइराला, नारायण मर्हजनलगायतले कला, साहित्य, संस्कृति, सिमा अतिक्रमण, राष्ट्रिय अन्तरराष्ट्रिय राजनीति र प्यालेस्टाइनमाथि इजरायली आक्रमणबारे चर्चा गरे ।

आयोजक समितिका सचिव राजन जति, कोषाध्यक्ष प्रनेश बाटीले दुई दिन भएको तःमुंज्याको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । नेपाल भाषा साहित्य तःमुंज्याका केन्द्रीय समिति सचिव नरेश खत्रीले ४५ वर्षदेखि निरन्तर चल्दै आएको तमुंज्याले भाषा साहित्यलाई जीवन्त बनाउन बनाउन भूमिका खेल्दै आएको चर्चा गरे ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ८ : ३६ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू