१० असार २०८३, बुधबार | June 24, 2026

मलेसियाविरुद्धको अन्तिम खेलमा जितका लागि मैदानमा उत्रियो नेपाली महिला टोली



काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियाविरुद्धको पाँचौं तथा अन्तिम टी-२० खेल आज खेल्दैछ । सिरिजमा दुवै टोलीले दुई-दुई खेल जितेका कारण आजको खेल निर्णायक बनेको छ ।

मलेसियाले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले अहिले बलिङ गर्दैछ । यस खेललाई सिरिजको “फाइनल” मानिएको छ, किनभने आज जित्ने टोलीले सिरिजको उपाधि हात पार्नेछ ।

नेपालको प्लेइङ-११ मा कप्तान इन्दु बर्मा र उपकप्तान पुजा महतोसहित रुबिना क्षेत्री, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, रचना चौधरी, रुबी पोद्दार, कविता कुँवर र सुमन बिष्ट रहेका छन् ।

नेपालले यसअघि सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै दुई खेलमा जित हासिल गरेको थियो भने मलेसियाले पनि समान संख्या खेलमा विजयी हुँदै प्रतिस्पर्धा बराबरीमा ल्याएको हो ।

आजको भिडन्तमा दुवै टोलीले आक्रामक रणनीति अपनाउने अनुमान गरिएको छ। नेपालले बलिङमा सुरुवात राम्रो गरे जित आफ्नो पक्षमा पार्ने सम्भावना बलियो रहेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ७ : ५७ बजे

रास्वपाको महाधिवेशन निर्वाचन तालिका संशोधन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन

बुटवलको मुख्य औषधी बजारबाटै नक्कली औषधीको कारोबार

बुटवल। बुटवलको मुख्य व्यापारिक क्षेत्रमा नै नक्कली औषधीको अवैध कारोबार

लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन

भैरहवा । लुम्बिनी विकास कोषका पदाधिकारी पदका लागि खुला प्रतिस्पर्धामार्फत

हुलाकी राजमार्ग अन्तर्गत खजुरा खण्डको मुहार फेरिँदै

खजुरा । विगत ९ वर्षदेखि कन्तबिजोग पारिएको हुलाकी राजमार्ग अन्तर्गतको

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया