१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

क्रिकेट खेलाडी भण्डारीको सफल शल्यक्रिया



काठमाडौं । सडक दुर्घटनामा परी गम्भीर घाइते भएका क्रिकेटका राष्ट्रिय खेलाडी ललितसिंह भण्डारीको हात र खुट्टाको शल्यक्रिया गरिएको छ ।

काठमाडौंको ग्राण्डी अस्पतालमा डा. चक्रराज पाण्डेको टोलीले शल्यक्रिया गरेको हो । हाल भण्डारी अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

शल्यक्रियापछि पनि उनलाई केही समय अस्पतामै राखेर उपचार गर्नुपर्ने अवस्था रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । भण्डारी खेलमा फर्किन भने लामो समय लाग्नेछ ।

भण्डारी गत आइतबार राति कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परि घाइते भएका थिए । उनको कोहलपुर शिक्षण अस्पतालमा उपचार हुन नसकेपछि सोमबार काठमाडौंको ग्रान्डी अस्पताल ल्याइएको हो ।

दुर्घटनामा उहाँको दायाँ खुट्टा र दायाँ हात भाँचिएको थियो । धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको मिनिट्रकले भण्डारीले चलाएको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटना लगत्तै झलारीस्थित शुक्लाफाँटा क्लिनिकमा प्राथमिक उपचारपछि भण्डारीलाई थप उपचारका लागि धनगढी लगिएको थियो । उनलाई राति नै बाँकेको कोहलपुर मेडिकल कलेज पु-याइएको थियो ।

भण्डारी राष्ट्रिय क्रिकेट टोलीबाट खेलिसकेका बायाँ हाते तीव्र गतिका बलर हुन् ।  पछिल्लो समय उनी नेपाल पुलिस क्लवबाट घरेलु क्रिकेट खेल्दै आएका छन् ।

भण्डारी फ्रेन्चाइज लिगका पनि नियमित खेलाडी हुन। उनले सन् २०१७ मा आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत संयुक्त अरव इमिरेटस् (यूएई) विरुद्ध राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए ।

भण्डारीले सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध एकदिवसीय खेल खेलेका थिए । त्यसअघि उनले नपालका लागि विभिन्न उमेर समूहका प्रतियोगिता खेलिसकेका छन् ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  ६ : ५३ बजे

हरिहरपुरगढीमा श्रीमानद्वारा श्रीमतीको हत्या

सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ रानीपानीमा श्रीमानले बन्चरो प्रहार गरी

कांग्रेसले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्छ : उपसभापति शर्मा

भक्तपुर । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारको नेतृत्वमा आएपछि

चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह

बेइजिङ । अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणमा इरानी सर्वोच्च

देशभरका छ हजार ७४३ वडामा दिइयो मतदाता शिक्षा

काठमाडौँ । आमनागरिकलाई मताधिकारको महत्त्व र मतदान प्रक्रियाबारे जानकारी दिने

अलपत्र नेपालीलाई सरकारले अलपत्र स्थान मै सुरक्षा दिएर राख्ने व्यवस्था मिलाउने

काठमाडौँ । सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा पुगेर अलपत्र परेका