१२ बैशाख २०८१, बुधबार | April 24, 2024

क्रिकेट खेलाडी भण्डारीको सफल शल्यक्रिया



काठमाडौं । सडक दुर्घटनामा परी गम्भीर घाइते भएका क्रिकेटका राष्ट्रिय खेलाडी ललितसिंह भण्डारीको हात र खुट्टाको शल्यक्रिया गरिएको छ ।

काठमाडौंको ग्राण्डी अस्पतालमा डा. चक्रराज पाण्डेको टोलीले शल्यक्रिया गरेको हो । हाल भण्डारी अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

शल्यक्रियापछि पनि उनलाई केही समय अस्पतामै राखेर उपचार गर्नुपर्ने अवस्था रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । भण्डारी खेलमा फर्किन भने लामो समय लाग्नेछ ।

भण्डारी गत आइतबार राति कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परि घाइते भएका थिए । उनको कोहलपुर शिक्षण अस्पतालमा उपचार हुन नसकेपछि सोमबार काठमाडौंको ग्रान्डी अस्पताल ल्याइएको हो ।

दुर्घटनामा उहाँको दायाँ खुट्टा र दायाँ हात भाँचिएको थियो । धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको मिनिट्रकले भण्डारीले चलाएको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटना लगत्तै झलारीस्थित शुक्लाफाँटा क्लिनिकमा प्राथमिक उपचारपछि भण्डारीलाई थप उपचारका लागि धनगढी लगिएको थियो । उनलाई राति नै बाँकेको कोहलपुर मेडिकल कलेज पु-याइएको थियो ।

भण्डारी राष्ट्रिय क्रिकेट टोलीबाट खेलिसकेका बायाँ हाते तीव्र गतिका बलर हुन् ।  पछिल्लो समय उनी नेपाल पुलिस क्लवबाट घरेलु क्रिकेट खेल्दै आएका छन् ।

भण्डारी फ्रेन्चाइज लिगका पनि नियमित खेलाडी हुन। उनले सन् २०१७ मा आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत संयुक्त अरव इमिरेटस् (यूएई) विरुद्ध राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए ।

भण्डारीले सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध एकदिवसीय खेल खेलेका थिए । त्यसअघि उनले नपालका लागि विभिन्न उमेर समूहका प्रतियोगिता खेलिसकेका छन् ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  ६ : ५३ बजे

कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम

आजदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

गण्डकी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुदैं

काठमाडौं । गण्डकी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने भएको

आजको मौसम : केही प्रदेशका पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू-भागमा आज वर्षाको सम्भावना छ ।

‘भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न