२४ श्रावण २०८३, आइतबार | August 10, 2026

अभिनेता हमालको ‘युगदेखि युगसम्म राजेश हमालसँग यज्ञश’ विमोचन



काठमाडौँ । पत्रकार तथा लेखक यज्ञशसँगको संवाद शैलीमा तयार भएको अभिनेता राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ विमोचन गरिएको छ । आज कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको डवलीमा अभिनेता राजेश हमाल, उनकी श्रीमती मधू भट्टराई, लेखकद्वय यज्ञश र बुद्धीसागरले संयुक्त रूपमा उक्त पुस्तकको विमोचन गरेका हुन् ।

उक्त पुस्तकमा जीवनयात्रा, चलचित्र र जीवनसँग जोडिएका अनुभव, संस्मरण तथा सामाजिक र व्यक्तिगत विचार समेटिएका अभिनेता हमालले जानकारी दिए । उनले भने, “मैले बाहिर नभनेका कतिपय विषय पुस्तकमा समेटिएका छन् । यसलाई हामीले सुरू गरेर तीन वर्षमा विमोचन गर्न सफल भएका छौँ । यसमा राजनीति, धर्म, केही मनोविज्ञानका कुरा पनि छन् ।”

अभिनेता हमालले आफ्नो जीवन तथा आफ्नो सोचाइ र विचारलाई निर्धक्कसँग पुस्तकमा राखेको उल्लेख गरे । उनले बसाइँसराइदेखि सरकार र जनताको बीचमा बढ्दै गएको दूरीका विषयमा बनाइएको विचार पनि पुस्तकमा रहेको बताए ।

“मैले यो पुस्तकमा आजसम्म गोप्य राखेका कतिपय विषयहरू पनि समावेश गरेको छु । मैले आफूलाई पूर्णरूपमा प्रश्नकर्तालाई सुम्पेको छु । यसमा चलचित्रसँगै राजनीति र मानवीय जीवनका विविध पक्षलाई मेरो बुझाइसँगै व्यक्त गरेको छु । मेरो परिवारको कुरा पनि यसमा ल्याएको छु”, उनले भने ।

यो पुस्तक पढ्दा मलाई आफ्नो सम्पूर्ण जीवन फेरि फर्केर हेरेको र त्यही जीवन पुनः बाचेको जस्तो महसुस भएको अभिनेता हमालले बताए । प्रश्नकर्ता यज्ञशले राखेका सम्पूर्ण जिज्ञासाको जवाफ आफूले दिएको उनले जानकारी दिए ।

“मेरो चलचित्र हेर्ने बानी यहाँ काम लाग्यो । मैले जसरी अभिनेता हमाललाई चिनेको थिएँ वा चलचित्रमा हेर्दै आएको थिएँ, त्यसले पुस्तक लेखनका क्रममा सहयोग गरेको छ । मैले राखेका हरेक जिज्ञासालाई उनले जवाफ दिएका छन् । त्यसकारण यहाँ केही छुटेको भन्ने लागेमा त्यो मैले सोच्न नसकेको वा मैले छुटाएको हुनेछु”, लेखक यज्ञशले भने । दुई सय ९३ पृष्ठ लामो उक्त पुस्तकलाई फाइन प्रिन्टले बजारमा ल्याएको हो ।

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  ८ : ३६ बजे

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडौं । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर

बागलुङमा ग्यास खरिद गर्न परिचय खुल्ने कागजात अनिवार्य

बागलुङ । बागलुङमा सडकबाट बाडिदै आइएको ग्यास अब डिलरने नै

नेपाल–चीनबीच सम्बन्ध सुदृढीकरण गर्न शैक्षिक सहकार्यमा जोड

काठमाडौँ । नेपाल–चीन कूटनीतिक सम्बन्धको ७१औँ वार्षिकोत्सव अवसरमा आयोजित सेमिनारमा

पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौँ । कपिलवस्तुको विजयनगर गाउँपालिका-४ जगदिशपुरबाट एक थान पेस्तोलसहित तीन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रणको काम रोकिँदैन : मुख्यमन्त्री आचार्य

सुस्ता । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्ता