१५ माघ २०८२, बिहिबार | January 29, 2026

अभिनेता हमालको ‘युगदेखि युगसम्म राजेश हमालसँग यज्ञश’ विमोचन



काठमाडौँ । पत्रकार तथा लेखक यज्ञशसँगको संवाद शैलीमा तयार भएको अभिनेता राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ विमोचन गरिएको छ । आज कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको डवलीमा अभिनेता राजेश हमाल, उनकी श्रीमती मधू भट्टराई, लेखकद्वय यज्ञश र बुद्धीसागरले संयुक्त रूपमा उक्त पुस्तकको विमोचन गरेका हुन् ।

उक्त पुस्तकमा जीवनयात्रा, चलचित्र र जीवनसँग जोडिएका अनुभव, संस्मरण तथा सामाजिक र व्यक्तिगत विचार समेटिएका अभिनेता हमालले जानकारी दिए । उनले भने, “मैले बाहिर नभनेका कतिपय विषय पुस्तकमा समेटिएका छन् । यसलाई हामीले सुरू गरेर तीन वर्षमा विमोचन गर्न सफल भएका छौँ । यसमा राजनीति, धर्म, केही मनोविज्ञानका कुरा पनि छन् ।”

अभिनेता हमालले आफ्नो जीवन तथा आफ्नो सोचाइ र विचारलाई निर्धक्कसँग पुस्तकमा राखेको उल्लेख गरे । उनले बसाइँसराइदेखि सरकार र जनताको बीचमा बढ्दै गएको दूरीका विषयमा बनाइएको विचार पनि पुस्तकमा रहेको बताए ।

“मैले यो पुस्तकमा आजसम्म गोप्य राखेका कतिपय विषयहरू पनि समावेश गरेको छु । मैले आफूलाई पूर्णरूपमा प्रश्नकर्तालाई सुम्पेको छु । यसमा चलचित्रसँगै राजनीति र मानवीय जीवनका विविध पक्षलाई मेरो बुझाइसँगै व्यक्त गरेको छु । मेरो परिवारको कुरा पनि यसमा ल्याएको छु”, उनले भने ।

यो पुस्तक पढ्दा मलाई आफ्नो सम्पूर्ण जीवन फेरि फर्केर हेरेको र त्यही जीवन पुनः बाचेको जस्तो महसुस भएको अभिनेता हमालले बताए । प्रश्नकर्ता यज्ञशले राखेका सम्पूर्ण जिज्ञासाको जवाफ आफूले दिएको उनले जानकारी दिए ।

“मेरो चलचित्र हेर्ने बानी यहाँ काम लाग्यो । मैले जसरी अभिनेता हमाललाई चिनेको थिएँ वा चलचित्रमा हेर्दै आएको थिएँ, त्यसले पुस्तक लेखनका क्रममा सहयोग गरेको छ । मैले राखेका हरेक जिज्ञासालाई उनले जवाफ दिएका छन् । त्यसकारण यहाँ केही छुटेको भन्ने लागेमा त्यो मैले सोच्न नसकेको वा मैले छुटाएको हुनेछु”, लेखक यज्ञशले भने । दुई सय ९३ पृष्ठ लामो उक्त पुस्तकलाई फाइन प्रिन्टले बजारमा ल्याएको हो ।

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  ८ : ३६ बजे

निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण