८ माघ २०८२, बिहिबार | January 22, 2026

जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक भए देउवा, कांग्रेस बैठकमा सहभागी



काठमाडौं । गत २४ भदौमा भएको जेनजी आन्दोलनपछि नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पहिलोपटक सार्वजनिक भएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा सहभागी हुन जाने क्रममा देउवा सार्वजनिक भएका हुन् ।

बुढानीलकण्ठस्थित आफ्नै निवासमा आन्दोलनकारीद्वारा कुटपिटमा परेका देउवा त्यसयता उपचारमा रहेका थिए । नेपाली सेनाले तत्कालीन समयमा देउवा र उनकी पत्नी सांसद आरजु राणा देउवालाई बुढानीलकण्ठबाट उद्धार गरेर सुरक्षित स्थानमा पुर्‍याएको थियो । सेनाले प्रारम्भमा हेलिकप्टरमार्फत उद्धार गर्न खोजे पनि परिस्थितिले अवरोध पुर्‍याएपछि स्थलमार्गबाट उद्धार गरिएको थियो ।

सुरक्षाका कारण उनका उपचारबारे विस्तृत जानकारी सार्वजनिक गरिएको थिएन । देउवालाई टाउकोमा गम्भीर चोट लागेर १२ टाँका लगाइएको थियो भन्ने जानकारी कांग्रेस नेता मीन विश्वकर्माले पत्रकार सम्मेलनमार्फत दिएका थिए ।

स्वास्थ्यलाभपछि मंगलबार पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका देउवा अब नियमित राजनीतिक गतिविधिमा फर्किने संकेत मिलेको कांग्रेस निकट स्रोतहरूले बताएका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  २ : २७ बजे

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता

काठमाडौं । सरकारले प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिएको छ

जाँचबुझ आयोगको समय २० दिन थप

काठमाडौं । नेपाल सरकारले गत भदौ २३ र २४ गतेको

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आफ्नो पदबाट

पूर्वी अस्ट्रेलियामा गोली हानाहान तीन जनाको मृत्यु

सिड्नी । अस्ट्रेलियाको पूर्वी राज्य न्यू साउथ वेल्स (एनएसडब्लु) सिड्नीको

फागुनको पहिलो साताभित्र सम्पूर्ण स्थानमा मतपत्र पुग्ने

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि फागुनको