१६ बैशाख २०८३, बुधबार | April 30, 2026

मधेशको मुख्यमन्त्रीमा लोसपाका जितेन्द्र सोनलले दाबी पेश गर्दै

कांग्रेस एमाले बाहेकको सरकार बनाउन पाँच दलबीच सहमति



मधेशमा कांग्रेस एमाले बाहेकको सरकार बनाउन बाँकी दलहरुबीच सहमति, जितेन्द्र सोनलबाट मुख्यमन्त्रीमा दाबी पेश

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा लोसपा संसदीय दलका नेता जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउन कांग्रेस एमाले इतरका दलहरुबीच सहमति भएको छ ।
सहमतिलगत्तै ५६ सांसदको समर्थनसहित दलहरु मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन् ।

निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले हिजो राजीनामा दिएपछि कांग्रेसले बुहमत सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गर्ने अनुमान गरिएको थियो । तर, कांग्रेस र एमालेको पनि समर्थन विना बाँकी दलहरुले सोनललाई मुख्यमन्त्रीमा प्रस्ताव गरेका हुन् । सोनललाई मुख्यमन्त्री बनाउन लोसपा, जसपा, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमत पार्टीबीच सहमति जुहेको हो ।

सहमति पत्रमा जसपा संसदीय दलका नेता सरोजकुमार यादव, जनमत पार्टीका नेता महेश यादव, माओवादी केन्द्रका युवराज भट्टराई, लोसपाका जयनुल राय र एकीकृत समाजवादीका नेता गोविन्दप्रसाद न्यौपानेले हस्ताक्षर गरेका छन्।

तर जनमत पार्टीभित्रको विवादले मधेशको राजनीति तरल बनेको छ । जनमतका सबै १३ जनाले सोनललाई समर्थन गर्ने संभावना भने कमै छ ।

प्रदेस सभामा जसपाका १९, जनमतका १३ सांसद छन् । यस्तै नेकपा माओवादी केन्द्र र लोसपाका ९–९ सांसद छन् भने नेकपा एकीकृत समाजवादीको ७ सिट छ। प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेसँग २५ सिट छ भने कांग्रेससँग २२ सिट छ। नागरिक उन्मुक्ति, राप्रपा र संघीय समाजवादी पार्टीको १–१ सिट रहेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  १० : २७ बजे

सबैभन्दा बढी प्यूठानमा १०४.४ मिलिमिटर वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भू–भाग

‘सार्वजनिक सेवा प्रभावकारी बनाउन र सुशासन प्रदान गर्न अध्यादेश’

काठमाडौँ । सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी

पोखरा स्पोर्ट्स अवार्ड : नौ विधामा अवार्ड प्रदान गरिँदै

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आगामी वैशाख

सबै सार्वजनिक जग्गामा बनाइएका घरटहरा खाली गर्न काठमाडौं प्रशासनको आदेश

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका विभिन्न स्थानीय तहका

लुम्बिनी प्रदेश सरकारका २ मन्त्री सहित ७ जना प्रदेशसभा सदस्यहरुसँग कांग्रेसले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा आफ्नै उम्मेदवारलाई अन्तरघात