९ बैशाख २०८३, बुधबार | April 22, 2026

नेपालगन्जमा भारतीय माछा र अण्डा छ्यापछ्याप्ती



नेपालगन्ज । नेपालगन्ज र यस आसपासका बजारमा भारतीय माछा र अण्डा छ्यापछ्याप्ती फेला परेका छन् । पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जको आयोजनामा बुधबार संयुक्त अनुगमन टोलीले गरेको अनुगमनमा नेपालगन्ज भारतीय अबैध माछा र अण्डा फेला परेको हो ।

अनुगमनका क्रममा जमुनाह स्थित केही पसलहरुबाट भारतबाट ल्याएको बिना बिलका र प्रतिबन्धित माहुर माछा बरामद गरिएको छ । अनुगमन टोलीले ११ क्यारेट भारतीय कुखुराको अण्डा समेत विभिन्न पसलबाट बरामद गरी नष्ट गरेको ट ।

पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जका प्रमुख डा. राजकुमार थारुको नेतृत्वमा खटिएको टोलीले भन्सार क्षेत्र र बजार क्षेत्र गरि १७ वटा माछा मासु पसलमा अनुगमन गरेको थियो । अनुगमन गरिएका माछा र मासु पसलमा सरसफाई नगरिएको, डिजिटल तराजुको प्रयोग नगरेको, टाएलको प्रयोग नभएको, पल्ला जाली नलगाएको र केहि स्थानमा सडेको मासु र माछा फेला परेको पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जका प्रमुख डा. थारुले जानकारी दिए । त्यस्ता मासु पसलहरुलाई तत्कालका लागी सुधार गर्न टोलीले निर्देशन दिएको छ ।

नेपालगन्ज उपमहानगर पालिका ५ जमुनाहबाट ठुलो संख्यामा अबैध भारतीय तयारी माछा, अण्डा बरामत गरिएको थियो । नेपालगन्ज १५ चौलिक्काबाट सेतो अण्डा र नेपालगन्ज १६ बाँके बगिया स्थीत मासु पसलहरु अनुगमन गर्दा बाख्री काट्नका लागी राखेको अवस्थामा फेला परेको थारुले बताए ।

प्रमुख थारका अनुसार केही पसलहरु विना दर्ता संचालन गरि भारतबाट माछा मासु ल्याएर अवैध रुपमा बिक्रि गरिरहेको भेटिएपछि त्यस्ता पसलमा रहेका माछा मासु र तौल गर्ने बस्तु बरामद गरि पसल शील गरिएको थियो । अनुगमन टोलीमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेका प्रमुख डा. गणेश पुन, घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख मोहन घर्तिमगर, जिल्ला प्रशासन कार्यालयका नायव सुव्वा सडिल महरा, बाणिज्य आपुर्ति कार्यालयका सोनु थापाक्षेत्री, नेपालगन्ज उप महानगरपालिकाका पशु स्वास्थ्य अधिकृत लक्ष्मी शाही, डा. आशिष थारु, जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक बल बहादुर वली संलग्न थिए ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ८ : ३० बजे

दीपक भट्ट र सुलभ अग्रवाललाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्ट र

नेपालले रुवाण्डालाई हरायो

काठमा । आइसिसी महिला ट्वान्टी च्यालेन्ज ट्रफीमा नेपालले आयोजक रुवाण्डालाई

प्रधानमन्त्रीले छलफलका लागि बोलाए सुरक्षा प्रमुखहरुलाई

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्री देशको सुरक्षा अवस्थाबारे छलफल

लुम्बिनी प्रदेशमा जीवनाशक विषादी व्यवस्थापन विधेयक सर्वसम्मत पारित

दाङ । लुम्बिनी प्रदेश सभाले प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा

गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहले सम्हाल्ने

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएपछि गृह मन्त्रालयको