१७ असार २०८३, बुधबार | July 1, 2026

खजुरा रेडक्रसका संस्थापक सभापति स्व. सापकोटाको शालिक निर्माण गरिने



नेपालगन्ज । बाँकेको खजुरामा रहेको नेपाल रेडक्रस सोसाइटी खजुरा उप शाखाले आफ्नो संस्थापक अध्यक्ष मिलन सापकोटाको शालिक निर्माण गर्ने भएको छ । रेडक्रसको खजुरा उपशाखा परिषरमा संस्थापक अध्यक्ष सापकोटाको अर्धकदको शालिक निर्माण गरिने भएको हो ।

खजुरा उप शाखाको २२ औं स्थापना दिवस तथा उपशाखा सभाले शालिक निर्माणको उपशाखा समितिले गरेको निर्णय अनुमोदन गर्दै शालिक निर्माणको कार्य प्रारम्भ गर्ने निर्णय गरेको छ ।

उपशाखा सभालाई सम्बोधन गर्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक तुफानले रेडक्रसको कारण नै मानविय सेवा जिवित रहेको बताए । अध्यक्ष विकले खजुरा उप शाखा मार्फत विपदमा तत्कालै सेवा प्रदान गर्न स्थानिय सरकारलाई सहजता भएको उल्लेख गरे । उनले रेडक्रस खजुरा उप शाखाका संस्थागत सभापति स्व.मिलन सापकोटाको सालिक निर्माण र स्थापनाका लागी पालिकाले सहायता गर्ने प्रतिवद्धता जनाए ।

खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले रेडक्रसको मूल्य मान्यतालाई आत्मसाथ गर्दै थप सेवा कर्ममा रेडक्रसकर्मिहरु लाग्न अनुरोध गरिन् । उपाध्यक्ष मल्लले खजुरा रेडक्रसले मानविय सेवा कर्ममा गरेको कामको प्रशंशा गरिन् ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाँकेका सभापती गोर्वधन सिंह सम्झनाले खजुरा उप शाखाले विषम परिस्थितीमा पनि आफ्नो सेवा निरन्तर प्रदान गरेको भन्दै धन्यबाद ज्ञापन गरे । जिल्ला सभापति सम्झनाले रेडक्रसलाई सर्व मान्यका रुपमा लिइएको र यसको विश्वास गुम्न नदिन रेडक्रसकर्मि र समाजका अगुवाहरु लाग्नुपर्नेमा जोड दिए । स्थानिय सरकारले पनि रेडक्रसको गतिविधिमा साथ सहयोग गरेको भन्दै यसलाई निरन्तरता सगै बढवा दिन आग्रह गरे ।

खजुरा उपशाखाका सभापति जिवनाथ सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा उप शाखाका कोषाध्यक्ष प्रेम सापकोटाले सस्थाको आर्थिक प्रतिवेदन र सह सचिव कृष्ण कुंवरले सांङ्गठानिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा रेडक्रस जिल्ला शाखाका पदाधिकारी, विभिन्न उप शाखाका सभापति, एसएसकार सदस्य, विशिष्ट सदस्य, आजिवन सदस्य, खजुरा युवा रेडक्रस सर्कलका पदाधिकारी, खजुरा उप शाखाका पदाधिकारी लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रममा शुभकामना मन्तव्य सहित विभिन्न सांकृतिक प्रस्तुती समेत गरिएको थियो ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  १० : २५ बजे

मेसीसँग बराबरी गर्दै एम्बाप्पे गोल्डेन बुटको दौडमा

काठमाडौं । कप्तान किलियन एम्बाप्पेको दुई गोल र माइकल ओलिसेको

बागलुङमा कुकुरलाई ‘होस्टेल’

बागलुङ । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय सुविधासहित

परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको

म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा

म्याग्दी । म्याग्दीलाई पाँच वर्षमुनिका बालबालिकाले पूर्णखोप पाएको सुनिश्चितता तथा

फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले घरघरबाट सङ्कलन हुने