२७ श्रावण २०८३, बुधबार | August 13, 2026

नर्सहरूको माग सम्बोधन गर्न सातै प्रदेशमा कार्यदल गठन



काठमाडौं । पारिश्रमिक लगायतका मागसहित आन्दोलनरत नर्सहरूको समस्या समाधानका लागि सरकारले सातै प्रदेशमा कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री सुशीला कार्कीले स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्रा.डा. श्रीकृष्ण श्रेष्ठको नेतृत्वमा गठन गरेको उच्चस्तरीय समितिको आइतबार बसेको पहिलो बैठकले यो निर्णय गरेको हो ।

नेपाल नर्सिङ संघको संयोजकत्वमा सम्बन्धित प्रदेशका स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका अधिकारी तथा आन्दोलनरत नर्स प्रतिनिधि सम्मिलित कार्यदल सातै प्रदेशमा गठन गरिने समितिका सदस्य डा. अनुप बास्तोलाले जानकारी दिए । उनका अनुसार कार्यदलले स्थलगत अनुगमन गरी सुझावसहितको प्रतिवेदन पेस गर्नेछ ।

स्वास्थ्य मन्त्रालयको गुनासो सुनुवाइ एकाइका प्रमुखसमेत रहेका डा. बास्तोलाका अनुसार कार्यदलले प्रा.डा. श्रेष्ठ नेतृत्वको समितिसँग प्रत्यक्ष समन्वय गर्दै काम गर्नेछ ।

प्रधानमन्त्री कार्कीले आइतबार बिहान मन्त्रीस्तरीय निर्णयमार्फत नर्सिङ स्वास्थ्यकर्मीको सेवा र सुविधा सुधारसम्बन्धी अल्पकालीन तथा दीर्घकालीन सुझावसहितको कार्यान्वयन योजना प्रतिवेदन सात दिनभित्र पेस गर्न निर्देशन दिएकी थिइन् ।

सोही निर्देशनअनुसार आइतबार बसेको समितिको पहिलो बैठकले तिहार बिदाका अवधिमा भर्चुअल माध्यमबाट अध्ययन कार्य अगाडि बढाउने र सातै प्रदेशमा कार्यदल गठन गर्ने निर्णय गरेको हो। समितिको दोस्रो बैठक कात्तिक ९ गते बिहान ११ बजे बस्ने तय गरिएको छ ।

उक्त बैठकमा नेपाल मेडिकल तथा डेन्टल कलेज एसोसिएसनसहित निजी क्षेत्रका प्रतिनिधिलाई पनि अनिवार्य उपस्थित हुन भनिएको छ । समितिले तयार पारेको प्रतिवेदन मन्त्रिपरिषद्मा पेस गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ९ : १० बजे

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका

१५ बुँदे सङ्कल्पसहित एनआरएनएको ‘डब्लिन घोषणापत्र’ जारी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १७औँ युरोप क्षेत्रीय सम्मेलनले

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली

एमाले बागमती संसदीय दलको नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौं । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको