१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

वीरगञ्जमा बढेन पालाको व्यापार



वीरगञ्ज । वीरगञ्ज महानगर–११ रानीघाटका १४ वर्षीय आलोक प्रजापति तीन वर्षदेखि वीरगञ्जको घण्टाघरचोकको छेवैको फुटपाथमा दीपावली, तिहार र छठ पर्वमा प्रयोग हुने माटाका भाँडाकुँडा बेच्दै आइरहेका छन्। तर अघिल्ला वर्षका दीपावलीमा जस्तै यसपालि माटाका भाँडाकुँडाको व्यापार भने उत्साहजनक नभएको गुनासो गर्छन्

“अघिल्ला वर्षमा त दिनकै रु पाँच हजारसम्म व्यापार हुने गथ्र्यो । अहिले त मुस्किलले रु दुई हजार ५०० को व्यापार हुन पनि मुस्किल परिरहेको छ”, उनले भने, “पहिलाजस्तै दियो तथा पालाको व्यापार हुन भने छाडेको छ ।”

प्रजापतिले दसैँको टीकापछि छठसम्मको अवधिमा माटाका विभिन्न थरिका सरसामान बिक्री गर्दै आइरहेको बताए । सडकमा माटोबाट बनाइएका दियो, घैला, नदिया, खपरी, ढकनालगायत माटाका सरसामान बेचबिखन गर्दै आइरहेका छन्। त्यस्तै वीरगञ्जको घण्टाघरसँगै रहेको बिपी उद्यानको फुटपाथमा माटाका भाँडा बेच्दै आइरहेका बिर्जु पडित प्रजापतिले पनि यस वर्ष दीपावलीमा प्रयोग हुने पाला तथा दियोको व्यापारमा कमी आएको गुनासो गरे ।

“एक दशकदेखि माटाका विभिन्न भाँडाकुँडा बेचबिखन गर्दै आइरहेको छु”, उनले भने, “अहिलेका मान्छेहरू झलर तथा झिलीमिली बत्ती किन्ने भएकाले पनि माटाका भाँडाकुँडामा खासै ध्यान दिँदैनन् ।”

वीरगञ्ज १२ मुर्लीका चन्द्र हजारा ठाकुर तिहारमा आवश्यक पर्ने विभिन्न माटाका दियो तथा अन्य सरसामान किन्ने गरेको बताए। “दीपावली र छठमा माटाका भाँडाकुँडा वर्षौदेखि किन्दै आइरहेका छौँ”, उनले भने, “पछिल्लो समय मान्छे आधुनिक भएसँगै माटाका दियो, पाला लगायत सामान किन्न छाडेको देखिन्छ ।”

व्यापारीका अनुुसार साना खालका दियो १०० थानको रु एक सय ५० पर्ने गर्छ । त्यसैगरी सानो प्रकृतिको घैला ९० र ढकना पनि रु एक सयमा पाइने गर्छ ।

रासस

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ८ : ३६ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले