१५ माघ २०८२, बिहिबार | January 29, 2026

‘दले दाइ’ टेलिसिरियलमार्फत ‘जेनजी आन्दोलनको कथा’ पर्दामा (भिडियोसहित)



काठमाडौं । हालै नेपालमा भएको जेनजी आन्दोलनको विषयलाई निर्देशक दिपक शर्माले आफ्नो नयाँ टेलिसिरियल ‘दले दाइ’ मार्फत दर्शकसामु प्रस्तुत गरेका छन्।

यो सिरियलमा आन्दोलनको प्रभाव, नेताहरूमाथि भएको आक्रमण, घर तथा सरकारी भवनमा भएको आगजनीजस्ता घटनाहरूलाई रोचक र यथार्थपरक ढंगले देखाइएको छ।

निर्देशक, लेखक तथा निर्माता दिपक शर्माको प्रस्तुति रहेको ‘दले दाइ’ अमलाचौर मिडिया नेटवर्कद्वारा निर्माण गरिएको हो। निर्माण पक्षका अनुसार, यस सिरियलमार्फत नेपाली समाजमा व्याप्त दलाली प्रथा र विदेशिन बाध्य भएका नेपालीले भोग्नुपरेका कठिनाइहरूलाई यथार्थपरक रुपमा चित्रण गर्ने प्रयास गरिएको छ।

सिरियलमा श्रीप्रसाद थापा, मुकुन्द मैनाली, लक्ष्मीनाथ तिमिल्सिना, दिपक शर्मा, रामचन्द्र अधिकारी, विश्वमणि घिमिरे, आशा भुषाल, स्वस्तिका लामिछाने, कैलाश अधिकारी, शिवकुमार महत, कमला भण्डारी, ज्ञानेन्द्र अमगाई, सुमन बोहरा, अनुश भण्डारी, शिशिर गौडेल, मिलन शर्मा र राजु खनाल लगायत कलाकारहरूको दमदार अभिनय रहेको छ।

सोमबारदेखि नियमित रूपमा प्रसारण भइरहेको यो टेलिसिरियलमा वरिष्ठ कलाकार विश्वमणि घिमिरे निर्देशन सल्लाहकारको भूमिकामा रहेका छन्। दर्शकहरूले ‘दले दाई’ टेलिसिरियल युट्युब च्यानलमार्फत हेर्न सक्ने जानकारी निर्देशक शर्माले दिएका छन्।

सिरियलको छायांकन राहुल राई, श्रृंगार गीताञ्जली योगी, प्रकाश व्यवस्थापन विष्णु श्रेष्ठ, र सम्पादन उपेश कोईरालाले गरेका छन्। शीर्ष गीतको संगीत खड्ग गन्धर्वले रचना गरेका हुन् भने शब्द सरु पौडेलको रहेको छ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  ९ : ०२ बजे

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण

कांग्रेसको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँ सन्दर्भको प्रतिनिधि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीले अघि सारेको

हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व । हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै

सुनचाँदीको कीर्तिमानी मूल्यवृद्धि जारी, एक तोलाको तीन लाख ३९ हजार तीन सय

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम

दरबारमार्गको उडल्याण्ड होटलमा लागेको आगलागी नियन्त्रणमा

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ ।