२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

तीन महिनामा करिब चार खर्बको व्यापार घाटा



काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा मुलुकले करिब रू चार खर्ब बराबरको व्यापार घाटा बेहोरेको छ ।

भन्सार विभागले आज सार्वजनिक गरेको असोज मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार यो अवधिमा रू चार खर्ब ६८ अर्ब आठ करोड ३३ लाखको आयात र गर्दा रू ७२ अर्ब ७८ करोड २८ लाख बराबरको निर्यात भएको हो । यसरी असोज मसान्तसम्ममा कूल रू पाँच खर्ब ४० अर्ब ८६ करोड ६१ लाखको वैदेशिक व्यापारमा नेपालले रू तीन खर्ब ९५ अर्ब ३० करोड घाटा बेहोरेको छ ।

पछिल्लो तीन महिनामा छिमेकी मुलुक भारतबाट रू दुई खर्ब ५८ अर्ब ८७ करोड ८२ लाखको आयात र रू ५९ अर्ब १२ करोड ८३ लाखको निर्यात हुँदा रू एक खर्ब ९९ अर्ब ७४ करोड बराबरको घाटा बेहोरेको छ ।

त्यस्तै, चीनसँगको असोज मसान्तसम्मको व्यापार घाटा रू एक खर्ब चार अर्ब ७० करोड छ । चीनबाट रू एक खर्ब चार अर्ब ८९ करोडको आयात हुँदा रू १८ करोड ६४ लाख बराबरको मात्रै निर्यात भएको छ ।

नेपालको सबैभन्दा बढी व्यापार नाफा डेनमार्कसँग छ । यो अवधिमा डेनमार्कबाट रू चार करोड एक लाखको आयात हुँदा रू २८ करोड ९९ लाखको निर्यात भएको हो । यसरी डेनमार्कसँग रू २४ करोड ९८ लाख ३० हजार बराबरको व्यापार नाफा भएको छ । जर्मनी, रोमानिया, स्वीडेन, लेबनानलगायतका मुलुकसँग पनि नेपालको व्यापार नाफा बढी छ ।

पछिल्लो तीन महिनामा पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी छ । यो अवधिमा रू १६ अर्ब ७८ करोड ८७ लाखको पेट्रोल, रू २० अर्ब ६९ करोड ४५ लाख बराबरको डिजेल र रू १३ अर्ब ९८ करोड १९ लाखको एलपी ग्यास आयात भएको छ । यो अवधिमा रू १३ अर्ब ६२ करोड ७५ लाख बराबरको स्मार्टफोन आयात भएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  २ : १७ बजे

विद्युतीय एम्बुलेन्स र शव वाहनमा कर छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन

सरकारी कागजातलाई ‘डिजिटाइज’ गरी सुरक्षित राखिनुपर्ने

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारी कागजातलाई ‘डिजिटाइज’ र

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन प्रतिपक्षी सांसदहरुको आग्रह

काठमाडौं । सांसदहरूले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति सच्याउन तथा संसद्को अभिलेखबाट

महाधिवेशनसम्बन्धी गतिविधि रोक्न पार्टी र निर्वाचन आयोगलाई शशांकको पत्र

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले सर्वोच्च अदालतबाट पार्टीको वैधानिकता

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ ब्याजदरमै अटो लोन

काठमाडौ ।ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर