२१ माघ २०८२, बुधबार | February 4, 2026

नेपालगन्ज-गुलरिया सडक खण्डको पेडारी नालाको पुल निर्माणकार्य सुरु



खजुरा । बाँकेको नेपालगन्ज र बर्दियाको सदरमुकाम गुलरिया जोड्ने मुख्य सडकको खजुरा खण्डमा रहेको झण्डै ६० वर्ष पुरानो पेडारी नालामा नयाँ पुल निर्माणको काम सुरु भएको छ । हुलाकी सडक निर्देशनालयले लगाएको ठेकेदार कम्पनीले आजबाट पेडारी नालामा नयाँ पुल निर्माणको काम थालेको छ ।

जिर्ण पुलका कारण कुनैपनि बेला दुर्घटना हुन सक्ने त्रासमा रहेका सो सडकमा यात्रा गर्ने यात्रुहरु पुल निर्माणको काम सुरुभएपछि खुसी भएका छन् । ज्यान जोखिममा राखेर हिँड्नुपर्ने अवस्थाको नालामा पुल बन्ने खबरले खुसी लागेको खजुराका व्यवसायी रोसन सापकोटाले बताए ।

निमाण कार्य थालेको पुलको लम्बाई ३४.४ मिटर हुनेछ । ४ लेनको पुलमा ११-११ मिटरका २ वटा पुल गाँसिने छ । पुलको बीचभागमा झण्डै २ मिटरको डिभाइडर रहने छ । हाल नालामा रहेको पुल भन्दा झण्डै २.५ मिटर अग्लो पुल बन्ने छ । पुलको कम्तीमा १५ मिटर उत्तर तर्फ तटबन्ध गरि पानीको वहावलाई पुलमा ल्याइने हुलाकी सडक निर्देशनालय नेपालगन्जका प्रमुख लिलाबहादुर भण्डारीले बताए ।

यात्रालाई सहज बनाउन डाइभर्सन बनाउने कार्यबाट काम थालिएको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफानले बताए । पुल निर्माणले वर्षौदेखि यो सडकको प्रयोगकर्ताले भोग्दै आएको पीडाको अन्त्य हुने उनले बताए ।

कुनै बाधा अवरोध नआएमा ४ देखि ६ महिनामा पुल निर्माण सम्पन्न गर्न सकिने ठेकेदार कम्पनी नारायणम् निर्माण सेवाका संचालक जयबहादुर खत्रीले बताए ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ८ : ०६ बजे

साफ महिला च्याम्पियनसिप : भारतद्वारा भुटान पराजित

कास्की । पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल

काठमाडौंबाट उड्नासाथ टर्किस एयरलाइन्सको इन्जिनमा आगलागी, कोलकाता डाइभर्ट

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको

कास्कीमा छैनन् निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरी

गण्डकी । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा उम्मेदवारी मनोनयन यता

निर्वाचन प्रचारमा सामाजिक सञ्जालको दुरुपयोगप्रति एमालेको गम्भीर चिन्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी फागुन २१