२५ चैत्र २०८२, बुधबार | April 8, 2026

अमेरिकी यात्रापछि गायिका एलिना चौहानको गुनासो – “कलाकारलाई सम्मान होइन, नोकरझैँ व्यवहार गरियो”



काठमाडौं । गायिका एलिना चौहानले तीन महिना लामो अमेरिकाको सांगीतिक यात्रा आफूका लागि सुखद् नभएको बताएकी छन् । उनले कार्यक्रम आयोजकले कलाकारप्रति सम्मानजनक व्यवहार नगरेको र आफूलाई ‘नोकर’ वा ‘कैदी’ झैँ व्यवहार गरेको आरोप लगाएकी छन् ।

एलिनाका अनुसार, यो यात्रा आफ्ना लागि ठूलो सिकाइ बनेको छ । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, “जस्तो छ, त्यस्तै भन्छु – यो टुर मेरो लागि ठूलो सिकाइ बन्यो । कलाकारलाई सम्मान होइन, नोकरझैँ व्यवहार गरियो । कसैले कैदीझैँ महसुस गर्‍यो, कसैले अपमान सहनु पर्‍यो ।”

उनले थपेकी छन्, “एउटा कुरा स्पष्ट भन्न चाहन्छु – आयोजक भनेको कलाकारको संरक्षक हो, मालिक होइन । कलाकार धनभन्दा बढी इज्जत, व्यवहार र कदर खोज्छ । नराम्रा अनुभवले धेरै कुरा सिकायो । अब कुनै कलाकारले यस्तो अपमान भोग्न नपरोस् भन्ने चाहना छ ।”

फ्लाइ नेपा ट्राभल्सको आयोजनामा अमेरिका भरका विभिन्न सहरहरूमा ‘अब सुन्छ अमेरिका’ शीर्षकमा सांगीतिक कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा एलिनासँगै गायक बद्री पंगेनी र प्रताप दासले पनि प्रस्तुति दिएका थिए ।

सन् २०२५ को अगस्टदेखि अक्टोबरसम्म चलेको उक्त सांगीतिक यात्रामा न्युयोर्क, डालस टेक्सास, अस्टिन, नियाग्राफल्स, बोस्टन, न्यू ह्याम्पशायर, बाल्टिमोर, सिनसिनाटी ओहायो, शिकागो, एक्रोन ओहायो, कोलम्बस ओहायो, कोलोराडो र सन फ्रान्सिस्को लगायतका सहरहरूमा कार्यक्रम सम्पन्न भएका थिए ।

कार्यक्रम सकिएलगत्तै एलिनाले आयोजकको व्यवहारप्रति सार्वजनिक असन्तुष्टि जनाउँदै कलाकारको सम्मान र अधिकारको विषय उठाएकी हुन् ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ८ : ०१ बजे

चितवनबाट बुटवल ल्याइएको बोडीमा उच्च विषादी, १२० केजी नष्ट

बुटवल । बुटवलस्थित बुटवल कृषि उपज थोक बजार केन्द्रमा बिक्रीका

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान : १३ ओटा मोटरसाइकल ग्यारेजमा सचेतना सुरु (फोटो फिचरसहित)

बुटवल । बुटवल प्रहरीले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान

देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री

‘राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सदैव अग्रसर छ’

तनहुँ । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय एकता कायम राख्न नेपाली

लायन्स क्लब अफ बुटवलको अध्यक्षमा दिनेश कुमार प्रधान

बुटवल । लायन्स क्लब अफ बुटवलको सम्पन्न अधिवेशनबाट आगामी कार्यकाल