२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

मुक्तिनाथसहित मुस्ताङका उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात, प्रशासनले यात्रा नगर्न आग्रह



काठमाडौं । मुस्ताङको मुक्तिनाथ मन्दिर क्षेत्रसहित उपल्लो मुस्ताङमा गएरातिदेखि बाक्लो हिमपात भइरहेको छ । वर्षासँगै सुरु भएको हिमपातले सम्पूर्ण क्षेत्र सेताम्य बनेको छ ।

हिमपातका कारण यात्रु तथा तीर्थयात्रीको आवागमनमा कठिनाइ भएको छ । त्यसैगरी, मुस्ताङ जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गर्दै अहिलेको अवस्थामा पदयात्रा नगर्न सर्वसाधारण र पर्यटकलाई आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार मुस्ताङका उच्च हिमाली क्षेत्रहरू मुस्ताङ-डोल्पा, याकखर्क, मनाङ-मुस्ताङ थोरङला पास, मुस्ताङ-मनाङ सरिबुङ पास र मुस्ताङ-म्याग्दीको धम्पुस पिकलगायतका क्षेत्रमा हल्कादेखि भारी हिमपात हुने सम्भावना रहेको छ ।

मौसम विभागका अनुसार बुधबारसम्म मुस्ताङका विभिन्न भागमा हिमपात र वर्षा जारी रहने अनुमान छ । यस कारण पर्यटक, तीर्थयात्री र स्थानीय बासिन्दालाई मौसमको जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरिएको छ ।

तिहारको छेकोमा मुस्ताङसहितका हिमाली क्षेत्रमा पदयात्री र पर्यटकको भीड बढिरहेको बेला यस्तो चेतावनी जारी गरिएको हो ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ९ : ३१ बजे

अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालन

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । तुइन खोलानजिकै

संघीय संसदका तीन समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीन वटा समितिको बैठक बस्ने

हर्क साम्पाङ र सुदन किरातीबीच पार्टी एकतामा सैद्धान्तिक सहमति, आज औपचारिक घोषणा गरिने

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमन्त्री

दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस

काठमाडौं । विश्वका विभिन्न देशमा आज र भोलि दोस्रो विश्वयुद्धका

हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलोपटक हिउँचितुवा